
पश्चिम मेदिनीपुर, 19 जनवरी (हि. स.)। जिल्लाको दाँतनमा गए आइतवार चौथो 'दाँतन मेला' अत्यन्त हर्षोल्लास एवं भव्यताको साथमा शुभारम्भ भयो। दाँतन-एक ब्लक उत्सव समितिद्वारा आयोजित यस मेलाको उद्घाटन गए आइतवार राति नौ बजी सरायबजार संलग्न मैदानमा एक वृहत सांस्कृतिक समागमको रूपमा गरियो। उद्घाटन समारोहपूर्व दाँतन अस्पतालदेखि मेला प्रांगणसम्म एक विशाल शोभायात्रा निकालियो जसले सम्पूर्ण क्षेत्रलाई उत्सवको रंगमा रंगाइदियो।
मेलाको माध्यमबाट सामाजिक समरसताको सन्देश दिनका लागि आयोजित यस शोभायात्रामा हिन्दू, मुस्लिम, ईसाई, बौद्धऔर आदिवासी समाजका प्रतिनिधिहरू एकसाथ सहभागी भए। उद्घाटनको अवसरमा 'अघोरी नृत्य' विशेष आकर्षणको केन्द्र रह्यो जसलाई हेर्नका लागि ठूलो जनसमुद्र उर्लिएको थियो। यस अवसरमा प्रसिद्ध अभिनेत्री मेघना हालदार, जिल्ला परिषदकी सभाधिपति प्रतिभा माइती, विधायक सुजय हाजरा, विधायक परेश मुर्मू औ मेला समितिका सचिव मणिशंकर मिश्र सहित केहीविशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
उल्लेखनीय छ, यस वर्ष मेलाको आयोजनलाई लिएर पुरानो र नयाँ समितिमाझ उत्पन्न विवाद कोलकाता उच्च न्यायालयसम्म पुगेको थियो। तथापि पुरानो समितिद्वारा मामिला फिर्ता लिइएपछि न्यायालयले आयोजनलाई हरियो झण्डी देखायो जसपश्चात युद्धस्तरमा तयारी पूर्ण गरियो। पूर्वमा यो माले 16 जनवरीदेखि प्रस्तावित थियो, तर मेदिनीपुरमा अभिषेक ब्यनर्जीको जनसभा राखिएको कारणले यसको तिथिलाई अगाड़ि सारिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा