भारतीय फुटबल संघको रडारमा चार रेफरी, अनुशासन समिति समक्ष पेश हुने निर्देश
भारतीय फुटबल संघको रडारमा चार रेफरी, अनुशासन समिति समक्ष पेश हुने निर्देश


कोलकाता, 19 जनवरी (हि.स.)। अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनेल मेसीको कोलकाता आगमनपूर्व साल्ट लेकस्थित युवा भारती क्रीड़ांगनमा आयोजित एक फुटबल म्याचलाई लिएर विवाद गहिरिएको छ। यस म्याचमा पूर्व अनुमति बिनै रेफरीको भूमिका निर्वाह गरेको आरोपमा चारजना रेफरीहरूलाई भारतीय फुटबल संघ (आईएफए)-ले बोलाएको छ। यिनीहरूलाई आगामी 20जनवरीको दिन संघको आन्तरिक अनुशासन समिति समक्ष आफ्नो पक्ष राख्न भनिएको छ।

युवा भारती क्रीड़ांगनमा मोहन बागान र डायमण्ड हार्बर लेजेण्ड्सबीच गत 13 दिसम्बरको दिन एउटा म्याच सम्पन्न भएको थियो जुन लियोनेल मेसी आउन ठीक अघि भएको थियो। आरोप छ, यस म्याचमा अम्पायरिंग गर्ने चारैजना रेफरीहरूले न त भारतीय फुटबल संघ न कलकत्ता रेफरीज एसोसिएशनबाट अनिवार्य अनुमति मागेका थिए। यसलाई नियमहरूको गम्भीर उल्लंघन मानिँदैछ र यसै आधारमा उनीहरूविरूद्ध अनुशासनात्मक कारबाहीको प्रक्रिया शुरू गरिएको छ।

उल्लेखनीय छ, त्यै दिन मेसीको कार्यक्रममा स्टेडियममा व्यापक अव्यवस्था भएको देख्न पाइएको थियो। मेसी मैदानमा प्रवेश गर्नसाथ दर्शकहरूको भीड़ अनियन्त्रित भयो जसबाट सुरक्षा व्यवस्था डावाडोल भयो। दर्शकहरू फोटो खिच्न अगाड़ि बढ़े जसले गर्दा मेसीलाई मात्र 22 मिनटपछि मैदान छोड़्नु परेको थियो। त्यसपछि स्टेडियममा तोड़फोड़ भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande