
पलवल, 19 जनवरी (हि.स.)। जिल्लाको हथिन थाना क्षेत्रमा युवतीसित सामुहिक दुष्कर्म भएको गम्भीर मामिला प्रकाशमा आएको छ। आरोप छ, आरोपीहरूले युवतीलाई घर बाहिरबाटै अपहरण गरी एउटा फार्महाउसमा पुऱ्याए जहाँ नशालु पदार्थ खुवाएर, ज्यान लिने धम्की दिएर पाँचजना युवकहरूले उसित दुष्कर्म गरे। पुलिसले पीड़िताको सिकायतमा मुद्दा दर्ता गरी सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।
हथिन थाना प्रभारी हरि किशनले सोमवार बताए, थाना क्षेत्रको एउटा गाउँमा बस्ने युवतीले पुलिस सिकायतमा बताई, गत 14 जनवरीको राती उ घरको गेट बाहिर मैला फाल्न निक्लेकी थिई। यसै अवधि एउटा वाहन त्यहाँ आएर रोकियो जसमा अरबाज आफ्नो साथी सहबाज र बिल्लासित थियो।
पीड़िता अनुसार आरोपीहरूले उसलाई बलजफ्ती वाहनमा तानेर राखे अनि मुखमा नशालु कपड़ा राखेर उसलाई अचेत बनाए। उसको चेत फर्किँदा उ एउटा कोठाभित्र थुनिएकी थिई। आरोपीहरूले त्यस स्थानलाई फार्महाउस बताए। केही समयपछि त्यहाँ अन्य दुईजना अज्ञात युवकहरू आए।
पीड़िताले आरोप लगाई, पाँचजना आरोपीहरूले उसलाई नशालु पदार्थ खुवाए अनि ज्यानलिने धम्की दिएर उसित सामुहिक दुष्कर्म गरे। पीड़िता अनुसार गत 15 जनवरीको बिहान लगभग 6 बजे आरोपीहरू उसलाई गाउँ नजिकै सड़क किनारमा छोड़ेर त्यहाँबाट भागे। पुलिसले पीड़िताको सिकायतको आधारमा सम्बन्धित धाराहरूमा मामिला दर्ता गरेको छ। सबै आरोपी हाल भागेका छन् जसलाई पक्राउ गर्नको लागि पुलिसका टीमहरूले छापामारी गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा