
झाड़ग्राम, 19 जनवरी (हि.स.)। जिल्लामा गए आइतवार साँझ हात्ती ड्राइभ अभियान अवधि हात्तीको हमलामा परी हुला पार्टीका एक जना सदस्यको मृत्यु भयो। यस घटनाले फेरि एक पटक वन विभागद्वारा संचालित हात्ती नियन्त्रण अभियानको सुरक्षा व्यवस्था, प्रशिक्षण एवं भीड़ प्रबन्धनलाई लिएर गम्भीर प्रश्न उठाएको छ। मृतकको पहिचान अजित महतो (40)-को रूपमा भएको छ जो झाड़ग्राम जिल्लाको बालिभाषा क्षेत्र निवासी थिए।
वन विभागीय सूत्रानुसार खड़गपुर वन मण्डल अन्तर्गत झटियार जंगल क्षेत्रमा बितेका केही दिनदेखिको 16-17 वटा हात्तीहरूको बथानले विचरण गरिरहेको थियो। यी हात्तीहरू मानव बस्तीमा प्रवेश गर्ने आशंकालाई मध्यनजर गर्दै गए आइतवार साँझ वनकर्मीहरूद्वारा हात्ती ड्राइभ अभियान शुरू गरियो। यस अभियानमा वन विभागका कर्मचारीहरू सहित प्रशिक्षित हुला पार्टीका सदस्यहरू सामेल थिए।
अभियान अवधि हात्तीहरूलाई सुरक्षित रूपमा जंगलभित्र लैजाने प्रयास गरिँदैथ्यो। यसैबीच अग्र पंक्तिमा उपस्थित केही मानिसहरूले अत्यधिक हो-हल्ला गरेको कारण हात्तीहरूको बथान अचानक उग्र भयो।
प्रत्यक्षदर्शी अनुसार हो-हल्लाको कारण हात्तीहरूले दिशा परिवर्तन गरी हुला पार्टी भएतिर आए। यसै अवधि एउटा हात्तीले हुला पार्टीका सदस्य अजित महतोमाथि अचानक हमला गऱ्यो। गम्भीर रूपमा घाइते अजितलाई हुला पार्टीका सदस्य एवं वनकर्मीहरूले बचाउने भरसक प्रयास गर्दै नजिकैको अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। केही सूत्रको भनाइ छ, घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।
उल्लेखनीय छ, बितेको एक महिनाभित्रमा पश्चिम मेदिनीपुर र झाड़ग्राम जिल्लामा हात्तीको हमलामा भएको यो तेस्रो मृत्यु भयो। लगातार भइरहेका यस्ता घटनाहरूले हात्ती ड्राइभ अभियानमा सामेल कर्मीहरू तथा हुला पार्टीका सदस्यहरुको सुरक्षा, पर्याप्त प्रशिक्षण, सुरक्षा उपकरणहरूको उपलब्धता तथा स्थानीय मानिसहरूको भूमिकालाई लिएर प्रश्न उठिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा