
खड़गपुर, 19 जनवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर शहरमा मालंचास्थित आदि पूजा समितिको तत्वावधानमा गए आइतवार रातीदेखि पारम्परिक 'पिठा-पुली' उत्सवको भव्य शुभारम्भ भयो। स्थानीय संस्कृति एवं बंगाली व्यञ्जनहरूप्रति समर्पित यस दुई दिवसीय उत्सव सोमवार, 20 जनवरीसम्म चल्नेछ। आइतवार राती नौ बजे आयोजित भव्य उद्घाटन समारोहमा पुलिस-प्रशासनिक अधिकारीहरू सहित क्षेत्रका प्रमुख राजनीतिक अनुहार अनि जनप्रतिनिधिहरूले आफ्नो उपस्थिति दर्ता गराए।
उद्घाटन समारोहमा मुख्य रूपमा एसडीपीओ (खड़गपुर) धिरज ठाकुर, तृणमूल कंग्रेसका जिल्ला अध्यक्ष सुजय हाजरा औ खड़गपुर टाउन थानाका प्रभारी (आईसी) पार्थसारथी पाल उपस्थित थिए। साथै मेदिनीपुर खड़गपुर विकास प्राधिकरण (एमकेडीए)- का उपाध्यक्ष प्रदीप सरकार, पूर्व नगरपालिका चेयरम्यान जवाहरलाल पाल र प्रमुख सामाजिक कार्यकर्ताहरूले पनि मञ्च साझा गरे।
उत्सवको महत्वलाई मध्यनजर गर्दै शहरका विभिन्न वार्डहरूका पार्षदहरू पनि कार्यक्रममा सामेल भए जसमा मुख्य रूपले वार्ड संख्या-11 का पार्षद हरिश कुमार, वार्ड- 9 का पार्षद प्रवीर घोष एवं अन्य स्थानीय जनप्रतिनिधि सामेल छन्। स्वागत समितिका अध्यक्ष एवं सदस्यहरूले अतिथिहरूलाई पारम्परिक ढंगमा स्वागत गरे।
समारोलाई सम्बोधन गर्दै एसडीपीओ धीरज ठाकुरले भने, “पिठा-पुली उत्सव हाम्रा स्थानीय संस्कृति औ परम्पराहरूलाई जीवित राख्ने एक सुन्दर अवसर हो। यस्तो आयोजनले बाल-बालिका एवं युवाहरूलाई उनीहरूको सांस्कृतिक जड़सित जोड़्ने कार्य गर्दछ।।” यसरी नै एमकेडीए उपाध्यक्ष प्रदीप सरकारले यसलाई बंगालको गौरवशाली धरोहरलाई भावी पिँढ़ीसम्म पुऱ्याउने एक सशक्त माध्यम बताए।
समितिका अध्यक्षले बताए, यस उत्सवको मुख्य उद्देश्य बंगला संस्कृति, विशेषकर शीतकालीन व्यञ्जन (पिठा-पुली)-लाई जन-जनसम्म पुऱ्याउनु हो। उत्सवस्थलमा पारम्परिक पिठा-पुलीका विभिन्न स्टलहरू राखिएको थियो जहाँ मानिसहरूले 'पातिसापला', 'दूध पुली' औ 'चाकली पिठा' जस्ता व्यञ्जनहरूको आनन्द उठाइरहेका छन्। कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिरहेका छन् जुन आगन्तुकहरूको आकर्षणको केन्द्र भएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा