
जम्मू, 19 जनवरी (हि.स.)। जम्मू जिल्लामा गए राती कश्मीरी पण्डित समाजले आफ्ना विविध मागहरूको समर्थनमा व्यापक विरोध प्रदर्शन गऱ्यो। नगरोटाको जगती क्षेत्रमा कश्मीरी पण्डित युवाहरूले जम्मू-कश्मीर नेशनल हाइवे-44 लाई जाम गरिदिए जसबाट दुवै तर्फको यातायात पूर्ण रूपमा प्रभावित भयो।
घटनास्थलबाट प्राप्त जानकारी अनुसार हाइवे जाम गर्नुको मुख्य उद्देश्य जम्मू-कश्मीर सरकार अनि केन्द्र सरकारसम्म आफ्नो आवाजलाई पुऱ्याउनु हो। प्रदर्शनकारीहरूको भनाइ छ, खैबर पख्तुनख्वासित सम्बन्धित उनीहरूको माग पछिल्लो 36 वर्षदेखिकै लम्बित छ जसमाथि अहिलेसम्म पनि कुनै ठोस कारबाही गरिएको छैन।
हाइवे जाम भएको कारणले श्रीनगर तर्फ जाने र श्रीनगरबाट आउने वाहनहरूको लामो ताँत लाग्यो। यस विरोध प्रदर्शन अवधि एकजना व्यक्ति घाइते भए। रिपोर्ट अनुसार घाइतेको अवस्था हाल स्थिर रहेको बताइएको छ।
जम्मू-कश्मीर पुलिस घटनास्थलमा पुग्यो। रूरल एसपी. नगरोटा थाना प्रभारी तथा जिल्ला जम्मू प्रशासनका अधिकारीहरू पनि प्रदर्शनकारीहरूसित बातचित गर्नका लागि घटनास्थलमा पुगे। अधिकारीहरूले प्रदर्शनकारीहरूको मागलाई सुनेर उनीहरूलाई आश्वासन दिए, उनीहरूको कुरालाई सरकारको उच्चस्तरसम्म पुऱ्याइनेछ। पुलिस एवं प्रशासनको आश्वासन पश्चात प्रदर्शनकारीहरूलाई हाइवेबाट हटाएर बिस्तारै यातायातलाई बहाल गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा