सौमित्र चट्टोपाध्यायको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
सौमित्र चट्टोपाध्यायको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 19 जनवरी (हि.स.)। बंगला फिल्म जगतका किंवदन्ती अभिनेता, नाटककार, कवि र प्रसिद्ध आवृतिकार सौमित्र चट्टोपाध्यायको जयन्तीको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। मुख्यमन्त्रीले सोमवार सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा एक भावुक पोस्ट साझा गरी सौमित्र चट्टोपाध्यायलाई सम्झिन्।

ममता ब्यानर्जीले लेखिन्, सौमित्र चट्टोपाध्याय जस्ता बहुआयामी प्रतिभाका धनी कलाकारलाई राज्यको सर्वोच्च सम्मान ‘बंगविभूषण’ प्रदान गर्न पाउनु उनको लागि गर्वको कुरा हो। सौमित्र चट्टोपाध्याय बंगालको सांस्कृतिक विरासतका एक अमूल्य स्तम्भ थिए।

मुख्यमन्त्रीले आफ्नो पोस्टमा यो पनि उल्लेख गरिन्, जीवनको अन्तिम घड़ीमा सौमित्र चट्टोपाध्यायसित उनको निकट सम्बन्ध गाँसिएको थियो। उनको निधन हुँदा उनी स्वयं उनको साथमा थिइन्। यो स्मृति उनको लागि अत्यन्त भावनात्मक छ।

ममता ब्यानर्जीले यस अवसरमा दिवंगत कलाकारकी छोरी पौलमी चट्टोपाध्याय र उनको परिवारका अन्य सदस्यहरूप्रति आफ्नो संवेदना तथा सहानुभूति व्यक्त गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande