उच्च अदालतमा पुग्यो बेलडांगा हिंसाको मामिला, जनहित याचिका दर्ता गर्ने अनुमति
उच्च अदालतमा पुग्यो बेलडांगा हिंसाको मामिला, जनहित याचिका दर्ता गर्ने अनुमति


कोलकाता, 19 जनवरी (हि.स.)। मुर्शिदाबाद जिल्लाको बेलडांगामा भर्खरै भएको अशान्तिको मामिला अब कलकत्ता उच्च अदालतमा पुगेको छ। यस मामिलामा दुई वटा जनहित याचिका (पीआईएल) दर्ता गर्ने अनुमति मागिएको थियो जसमाथि मुख्य न्यायाधीशको डिभीजन बेञ्चले सोमवार सहमति दिएको छ। दुईमध्ये एउटा याचिका भारतीय जनता पार्टी (भाजपा)-को पक्षबाट दर्ता गरिनेछ भने दोस्रो याचिका बेलडांगाका स्थानीय मानिसहरूको तर्फबाट दर्ता गरिनेछ।

मुख्य न्यायाधीश सुजय पालको डिभीजन बेञ्चले याचिका दर्ता गर्ने अनुमति दिँदै संकेत दिएका छन्, मामिलाको सुनवाई मंगलवार हुनसक्छ। याचिकाकर्ताहरूले अदालतसित माग गरेका छन्, यसअघि मुर्शिदाबादको शमशेरगञ्जमा भएको अशान्तिमा जसरी केन्द्रि बलहरूलाई तैनाथ गर्ने आदेश दिइएको थियो, त्यसरी नै बेडगांगाको घटनामा पनि केन्द्रिय सुरक्षा बलहरूलाई तैनाथ गर्ने निर्देश दिइयोस्।

स्मरण गराइन्छ, बेलडांगामा बितेको शुक्रवार जुम्मेको नमाज पश्चात त्यसबेला स्थिति अनियन्त्रित भएको थियो जतिबेला झारखण्डमा बेलडांगा निवासी मजदुर अलाउद्दीन शेखको शव संदिग्ध अवस्थामा झुण्डिरहेको भेटियो। यस घटनाको विरोधमा बेलडांगामा रेल तथा सड़क मार्गमा व्यापक प्रदर्शन गरियो। प्रदर्शनकारीहरूमाथि बहरमपुर जाने ट्रेनहरूमा तोड़फोड़ एवं ढुङ्गामुड़ा गरेको आरोप लगाइयो।

अशान्तिको सिलसिला शुक्रवारपछि शनिवार पनि जारी रह्यो। लालगोला लाइनमा केही ट्रेनहरूलाई रद्द गर्नुपऱ्यो भने राष्ट्रिय राजमार्ग-12 मा वाहनहरूको आवागमन पूर्ण रूपले ठप्प रह्यो। बेलडांगा रेलवे स्टेशनमै प्रदर्शनकारीहरूले धरना दिए अनि रेलवे गेट भत्काइदिए जसबाट जनजीवन पूर्ण रूपमा प्रभावित भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande