नोएडामा पत्नी समेत सीआरपीएफको जवान पक्राउ, 10 वर्षीय केटीलाई घरेलू कामको निम्ति राखेको र उत्पीड़नको आरोप
नोएडामा पत्नी समेत सीआरपीएफको जवान पक्राउ, 10 वर्षीय केटीलाई घरेलू कामको निम्ति राखेको र उत्पीड़नको आरोप


नोएडा, 19 जनवरी (हि.स.)। केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) मा तैनाथ एक सुबेदार मेजरले नोएडाको इकोटेक-3 प्रहरी चौकीमा रिपोर्ट दर्ता गरेका छन्, जसमा उनको बटालियनका एक हवल्दारले आफ्ना वरिष्ठ अधिकारीको अनुमति बिना 10 वर्षीया बालिकालाई काममा ल्याएको आरोप लगाइएको छ। उनले आरोप लगाएका छन् कि हवल्दार र उनकी पत्नीले बालिकालाई कुटपिट र उत्पीड़न गरिरहेका छन्। पुलिसले रिपोर्ट दर्ता गरेको छ र पति-पत्नीलाई पक्राउ गरेको छ।

पुलिस आयुक्त लक्ष्मी सिंहका मिडिया इन्चार्जले भने, केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को 235 बटालियनमा तैनाथ एक सुबेदार मेजरले हिजो राति इकोटेक- 3 थानामा रिपोर्ट दर्ता गरेका छन्, जसमा एक हवल्दार तारिक अनवर र उनकी पत्नी रेस्पोन्स खातुनले आफ्ना वरिष्ठ अधिकारीको अनुमति बिना आफन्तकी 10 वर्षीया बालिकालाई आफ्नो घरमा काम गर्न लगाएको आरोप लगाइएको छ। उनले आरोप लगाएका छन् कि तारिक अनवर र उनकी पत्नीले बालिकालाई कुटपिट र उत्पीड़न गरिरहेका छन्। उनले घटनाको रिपोर्ट दर्ता गरेपछि आज पुलिसले दुवैलाई पक्राउ गरेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande