
नयाँ दिल्ली, 19 जनवरी (हि.स.)। आम आदमी पार्टी (आआपा)- का पञ्जाबबाट राज्यसभा सांसद राघव चड्ढाले गिग श्रमिकहरूको मुद्दालाई लिएर एउटा अनौठो पहल गरेका छन्। उनले दिल्लीको कठ्याङ्ग्रिने जाड़ोमा ब्लिंकिटका डिलीभरी ब्वोई भएर रातभरि डिलीभरी गरी गिग श्रमिकहरूका चुनौतीहरूलाई नजिकबाट बुझ्ने चेष्टा गरे।
राघव चड्ढाले सोशल मीडिया एक्समा जारी एउटा भीडियोमा आफ्नो अनुभव साझा गर्दै भने, संसदमा भाषण दिनको साथै गिग श्रमिकहरूसित धेरैपटक बैठक गरिए पनि उनलाई लाग्यो कि यसबाट काम हुनेवाला छैन, त्यसैले उनले भने, गिग श्रमिकहरूको वास्तविक स्थितिलाई बुझ्नको लागि यसलाई जिउन आवश्यक थियो ताकि उनीहरूको समस्यालाई राम्ररी बुझ्न सकियोस्।
सांसदले बताए, दिल्लीको चिसो रातमा ब्लिंकिट डिलीभरी ब्वोईसित दुई चक्के वाहनमा सवार भई ट्राफिक तथा चिसोको सामना गर्दै रातभरि अर्डर डिलीभर गरियो। चड्ढाले भने, यो अनुभव गिग श्रमिकहरूको मिहेनत, असुरक्षा एवं कठिन परिस्थितिलाई बुझ्नको लागि महत्वपूर्ण रह्यो। उनले भने, गिग श्रमिकहरूको ड्यूटी अवधि पाँच मिनट ढिलो भयो भने पनि दिनभरिको इन्सेन्टिभ काटिन्छ। यी श्रमिकहरूलाई प्रतिदिन 12-15 घण्टा काम गर्नुपर्छ। तथापि स्वास्थ्य सेवाको अभाव एउटा ठूलो मुद्दा हो जसमाथि ध्यान दिइनुपर्छ।
उल्लेखनीय छ, तत्काल-वाणिज्य कम्पनीहरूबाट 10-मिनट डिलीभरी- को ब्राण्डिंगलाई हटाउने फसेला लिइएको छ ताकि गिग श्रमिकहरूमाथि अनावश्यक दबाव कम होस् अनि उनीहरूको सुरक्षा र काम गर्ने स्थितिमा सुधार आओस्, किनभने यो ब्राण्डिंगले द्रूत गतिमा डिलीभरी गर्नको लागि ठूलो चाप दिन्थ्यो जसबाट दुर्घटनाहरू हुने खतरा बढ़्दो थियो। अब कम्पनीले अनुमानित समय बताउनेछ अनि सुरक्षामाथि बल दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा