
कोलकाता, 19 जनवरी (हि.स.)। तृणमूल कंग्रेसका वरिष्ठ सांसद सौगत रायलाई अस्वस्थताको कारणले गए आइतवार राती शहरको एक निजी अस्पतालमा भर्ती गरिएको छ। पारिवारिक सूत्रानुसार आइतवार उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै अस्पतालमा लगियो। अस्पताल सूत्रले उनको अवस्था स्थिर र चिकित्सकीय निगरानीमा राखिएको बताएको छ।
स्मरण गराइन्छ, सौगत रायलाई यसपूर्व पनि स्वास्थ्य सम्बन्धि समस्या भएको कारणले कैयौं पटक अस्पतालमा भर्ती गरिसकिएको छ। गत वर्षको जुलाई महिनामा पनि उनलाई अस्पतालमा भर्ती गरिएको थियो। जानकारी मुताविक उनलाई टाइप-2 डायबिटीजको समस्या छ। यसअघि जून महिनामा पनि छात्ती दु-खेको र श्वास-प्रश्वासमा समस्या भएको कारणले उनलाई अस्पतालमा लगिएको थियो।
तथापि गत अप्रेल महिनामा आरियादहमा आयोजित एक कार्यक्रममा सामेल हुने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको थियो। वाहनबाट उत्रिँदा-उत्रिँदै उनी अस्वस्थ भएका थिए जसपश्चात उनलाई अस्पतालमा भर्ती गरियो अनि त्यहीँ पेसमेकर जड़ान गरिएको थियो।
यद्यपि हालैमा सम्पन्न सांसदको शीतकालीन सत्रमा वरिष्ठ सांसद उपस्थित भएका थिए। हाल डाक्टरहरूको एक टीमले उनको स्थितिमाथि नजर राखिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा