दासपुर ट्राफिक पुलिसले बाल-बालिकाहरूलाई सिकायो जीवन बचाउने पाठ
दासपुर ट्राफिक पुलिसले बाल-बालिकाहरूलाई सिकायो जीवन बचाउने पाठ


पश्चिम मेदिनीपुर, 19 जनवरी (हि. स.)। “औंली काटिँदा मानिस बच्नसक्छ, तर टाउको बिना बच्नसक्दैन”—यसै सहज औ प्रभावशाली सन्देशको माध्यमबाट हरिरामपुरमा स्कूले नानीहरूमाझ ट्राफिक जागरूकता कार्यक्रम आयोजना गरियो। सोमवार बिहान एघार बजे दासपुर ट्राफिक ओसी मृणालकान्ति सिकदार एवं सब-इन्स्पेक्टर देवाशिष पात्रले अत्यन्त सरल भाषा अनि उदाहरणको माध्यमबाट बाल-बालिकाहरूलाई सड़क सुरक्षाका नियमहरू बारे अवगत गराए।

कार्यक्रम अवधि अधिकारीहरूले हेलमेट लगाउने, सड़क पार गर्दा जेब्रा क्रसिंगको उपोग, ट्राफिक सिग्नललाई पालन गर्ने तथा वाहन हाँक्दा मोबाइल फोन प्रयोग नगर्नेमाथि विशेष बल दिए। बाल-बालिकाहरूको दैनन्दिन जीवनसित जोड़िएका उदाहरणहरू दिएर बुझाइयो कि सतर्कता नै सुरक्षाको सबैभन्दा ठूलो कुञ्जी हो।

ट्राफिक पुलिसको यस जागरूकता अभियानको विद्यार्थी अनि शिक्षकहरूले प्रशंसा गरे। शिक्षकहरूको भनाइ थियो, यस प्रकारको कार्यक्रमले नानीहरूमा शुरूबाटै अनुशासन अनि जिम्मेवारीको भावनालाई विकसित गर्दछ जुन भविष्यमा सड़क दुर्घटनाहरूलाई कम गर्नमा सहायक साबित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande