भोटर लिस्टमा पुनः नाम जोड़्नको लागि अहिलेसम्ममा नौ लाखभन्दा अधिक आवेदन
भोटर लिस्टमा पुनः नाम जोड़्नको लागि अहिलेसम्ममा नौ लाखभन्दा अधिक आवेदन


कोलकाता, 19 जनवरी (हि.स.)। पश्चिम बंगालमा भइरहेको भोटर लिस्टको विशेष गहन पुनरीक्षण अवधि पुनः नाम जोड़्नको लागि ठूलो संख्यामा आवेदन आएको छ। चुनाउ आयोगको आँकड़ा अनुसार अहिलेसम्ममा 9 लाख 128 मानिसहरूले मतदाता सूचीमा नयाँ नाम सामेल गराउनका लागि आवेदन गरेका छन् जसले यस प्रक्रियामा जनताको सक्रिय सहभागितालाई दर्शाउँछ।

आयोग मुताविक गत 16 दिसम्बरमा ड्राफ्ट मतदाता सूची प्रकाशित हुनपूर्व 3 लाख 31 हजार 75 जना मानिसहरूले भोटर लिस्टमा नाम जोड़्नका लागि आवेदन गरेका थिए। ड्राफ्ट सूची जारी भएपछि एक महिनाभित्रमा 5 लाख 59 हजार 53 नयाँ आवेदन जमा गरियो। यसरी मोठ आवेदनहरूको संख्या 9 लाख 128 पुगेको छ।

चुनाउ आयोगले पहिला नै स्पष्ट पारेको थियो, ड्राफ्ट सूची प्रकाशित भएपछि मतदाता तथा राजनीतिक दललाई नाम जोड़्न र आपत्ति दर्ता गराउने अवसर दिइनेछ। यसै क्रममा पश्चिम बंगालमा आवेदन र आपत्ति दर्ता गराउने अन्तिम तिथि 19 दिसम्बरसम्म तय गरिएको छ। यस तिथिपछि अन्तिम सूची प्रकाशित नहुञ्जेलसम्म आवेदनलाई स्वीकार गरिनेछैन।

आवेदन प्रक्रिया समाप्त भए पनि आयोगले स्पष्ट पारेको छ, सुनवाई प्रक्रिया आगामी 7 फरवरीसम्म जारी रहनेछ। सुनवाईको लागि बोलाइएका मतदाताहरूले आफ्नो आवश्यक दस्तावेजलाई अनलाइन पनि जमा गर्न सक्नेछन्। यसबाट बाहिर बस्ने तथा कामकाजको सिलसिलामा अन्य स्थानहरूमा उपस्थित मतदाताहरूलाई सुविधा हुनेछ।

विशेष गहन पुनरीक्षण अन्तर्गत घर-घरमा गएर गणना फारम भराउने कामलाई पनि तीव्रता दिइएको छ। चुनाउ आयोगको मान्यता छ, ठूलो संख्यामा आएका आवेदनहरूबाट मतदाता सूचीलाई अधिक सठीक तथा अद्यतन बनाउनमा मद्दत मिल्नेछ जसबाट आगामी चुनाउमा पारदर्शिता एवं विश्वसनीयता सुनिश्चित हुन सक्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande