
गान्तोक, 19 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले राज्यका सम्पूर्ण जनतामा सोनाम ल्होछारको हार्दिक शुभकामना व्यक्त गरेका छन्। साथै उनले छिमेकी दार्जिलिङ पहाड लगायत विश्वभर बसोबास गरिरहेका सम्पूर्ण तामाङ समुदायकप्रति पनि शुभेच्छा व्यक्त गरेका छन्।
सीएपी अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, 'तामाङ समुदायको पवित्र नयाँ वर्ष सोनाम ल्होछारले नवीकरण, सहनशीलता तथा प्रकृतिसँगको सामञ्जस्यको गहिरो सन्देश दिन्छ। आस्था, परम्परा र सामुदायिक भावनासँग सम्बन्धित यस शुभ पर्वले हामीलाई शान्ति, उत्तम स्वास्थ्य, समृद्धि तथा सामूहिक कल्याणको कामना गर्न प्रेरित गर्दछ, साथै पुर्खाहरूको सम्मान गर्दै भावी पुस्ताका लागि हाम्रो समृद्ध सांस्कृतिक धरोहर संरक्षण गर्न आग्रह गर्दछ।उनले यस नयाँ वर्षको स्वागतसँगै, सामाजिक सद्भाव, सांस्कृतिक गौरव र एक–अर्काप्रति करुणाको हाम्रो प्रतिबद्धतालाई पुनः सुदृढ गरौं भनेका छन्। सोनाम ल्होछारले हामी सबैलाई मर्यादा, साहस र आशाका साथ एकजुट भएर न्याय, समावेशिता र साझा समृद्धिमा आधारित भविष्य निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी उनले कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल