सूर्यसेन महाविद्यालयको दोस्रो परिसरको शिलान्यास
सूर्यसेन महाविद्यालयको दोस्रो परिसरको शिलान्यास


सिलगढ़ी, 19 जनवरी (हि. स.)। सूर्यसेन महाविद्यालयको दोस्रो परिसरको सोमवार शिलान्यास गरियो। यो शिलान्यास कार्यक्रम फुलबाड़ी एक नम्बर ग्राम पञ्चायतको साहुडांगी संलग्न क्षेत्रमा आयोजना गरियो।

कार्यक्रममा मुख्य अतिथिका रूपमा सिलगढ़ी नगरनिगमका मेयर गौतम देव उपस्थित थिए। उनको साथमा सिलगढ़ी–जलपाईगुड़ी विकास प्राधिकरणका चेयरम्यान दिलीप दुगड़, डिप्टी मेयर रञ्जन सरकार सहित केही विशिष्ट अतिथि, महाविद्यालयका अधिकारी, शिक्षकगण एवं छात्र-छात्राहरू उपस्थित थिए।

प्राप्त जानकारी अनुसार लगभग तीन एकड़ भूमिमा यस नयाँ परिसरको निर्माण गरिनेछ। निर्माण कार्य केही चरणहरूमा पूरा हुनेछ। पहिलो चरणमा लगभग 1.5 कड़ोर रुपियाको लागतमा चार दिवार निर्माण गरिनेछ। त्यसपछि चरणबद्ध रूपमा अन्य बुनियादी ढाँचासित सम्बन्धित विकास कार्य गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande