
पश्चिम मेदिनीपुर, 19 जनवरी (हि. स.)। जिल्लामा साइबर अपराधीहरूले अब व्यापारिक घरनालाई आफ्नो जालमा फसाउन शुरू गरेका छन्। ताजा मामिलामा मेदिनीपुर नगरपालिकाका अध्यक्ष सौमेन खानका भाइ (काकाको छोरा) एवं व्यापारी देवाशिष खान केन्द्र सरकारको एक महत्वाकांक्षी ऋण योजनाको नाममा ठूलो साइबर वित्तीय धोकाधड़ीको शिकार भएका छन्। ठगहरूले उनलाई ऋण दिलाउने प्रलोभन देखाएर उनीहरूको ब्यांक खाताबाट 01 लाख 34 हजार रुपियाँ ठगे।
प्राप्त जानकारी अनुसार मेदिनीपुर शहरको जगन्नाथ मन्दिर क्षेत्र निवासी देवाशिष खान आफ्नो व्यवसायलाई बढ़ाउनका लागि ऋणको खोजीमा थिए। दिसम्बर, 2025-मा उनले केन्द्र सरकारको प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम (पीएमईजीपी) योजना अन्तर्गत ऋण लिने तयारी गरेका थिए। यसै अवधि अज्ञात साइबर अपराधीले उनीसित सम्पर्क गरेर आफूलाई सरकारी विभागको अधिकाकरी बताउँदै विश्वसमा लियो।
पीड़ितको आरोप छ, ठगहरूले पहिला उनलाई ऋण आवेदनसित जोड़िएको प्रारूप पठाएर व्यापार लाइसेन्स सहित अन्य आवश्यक दस्तावेज हासिल गरे। त्यसपछि भिन्न-भिन्न बहानामा रुपियाँ लिने सिलसिला शुरू भयो।
यस सम्पूर्ण मामिलामा गए आइतवार साँझ साइबर विभागका अधिकारीहरूले ठगीको घटनाको पुष्टि गर्दै बताए, पीड़ितद्वारा राष्ट्रिय साइबर अबर पोर्टल तथा स्थानीय साइबर सेलमा सिकायत दर्ता गरिएको छ।
अधिकारीहरू अनुसार पैसा ट्रान्सफर गरिएका खाताहरूको विवरण जाँच गरिँदैछ। तकनिकी प्रमाणको आधारमा आरोपीहरूसम्म पुग्ने प्रयास जारीछ।
घटनामाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मेदिनीपुर नगरपालिका अध्यक्ष सौमेन खानले भने, आम मानिसहरूलाई सरकारी योजनाहरूको नाममा ठगेको यो गम्भीर मामिला हो जसमाथि प्रशासनले कड़ा कारबाही गर्नुपर्छ।
साइबर विशेषज्ञहरूले चेताउनी दिँदै भनेका छन्, कुनै पनि सरकारी ऋण योजनामा ऋण स्वीकृतिपूर्व कुनै पनि प्रकारको अग्रिम राशि लिइँदैन। यस्तो कुनै पनि कल वा म्यासेज आए सतर्क बस्न आवश्यक हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा