
श्रीनगर, 19 जनवरी (हि.स.)। गणतन्त्र दिवसको रिहर्सल औ सम्बन्धित सुरक्षा उपायहरूको लागि दिल्लीको हवाई क्षेत्र बन्द भएपछि सोमवार श्रीनगर अन्तर्राष्ट्रिय हवाईअड्डाबाट पनि तीन वटा उड़ानहरूलाई रद्द गरिएको छ।
हवाईअड्डाका एकजना अधिकारीले बताए, दिल्लीको हवाई क्षेत्र बन्द भएको कारणले आजको लागि निर्धारित तीन वटा उड़ानहरू रद्द गरियो भने अन्य उड़ानहरू तय कार्यक्रम अनुसारै छन्।
यसपूर्व श्रीनगर हवाईअड्डाका अधिकारीहरूले एउटा सल्लाह जारी गरेका थिए जसमा यात्रीहरूलाई सूचित गरिएको थियो, सम्बन्धित एयरलाइनहरूद्वारा दिल्लीबाट आउने-जाने केही उड़ानहरू रद्द गरिएको छ। उनीहरूलाई हवाईअड्डामा जानअघि नवीनतम उड़ान स्थितिको जाँच गर्ने सल्लाह दिइएको थियो।
उनीहरूले भने, दिल्ली हवाईअड्डामा अस्थायी प्रतिबन्धहरूसित सम्बन्धित केही रद्दीकरणलाई छोड़ेर सामान्य उड़ान संचालन सुचारू रूपमा जारी छ।
एयरमेनलाई जारी सरकारी नोटिस अनुसार दिल्लीको हवाई क्षेत्र 6 दिनको लागि प्रतिदिन बिहान 10:20 बजेदेखि अपरान्ह 12:45 बजेसम्म बन्द रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा