
सिलगढ़ी, 19 जनवरी (हि. स.)। सिलगढ़ी नगरनिगमको वार्ड नम्बर-1 मा वार्ड उत्सव ‘नवोदय’ -को शुभारम्भ सोमवार रंगारंग ऱ्यालीको साथमा गरियो। सिलगढ़ी जंक्शनबाट शुरू भएको उक्त ऱ्यालीले सम्पूर्ण वार्डको परिक्रमा गऱ्यो।
यस अवसरमा वार्ड पार्षद सञ्जय पाठकले बताए, यो वार्ड उत्सव 19 जनवरीदेखि आगामी 30 जनवरीसम्म चल्नेछ। उत्सवको माध्यमबाट समाजमा जाति तथा धर्मदेखि माथि उक्लेर हिन्दू, मुस्लिम, सिख एवं ईसाई समुदायबीच आपसी भाइचार अनि सौहार्दको सन्देश सम्प्रेषण गरिँदैछ।
कार्यक्रममा सिलगढ़ी नगरनिगमका डिप्टी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती, मेयर परिषदका सदस्य सहित अन्य पार्षदगण उपस्थित थिए। सबै अतिथिहरूले यस पहलको सराहना गर्दै यसलाई सामाजिक एकतालाई सशक्त बनाउने दिशामा एक सकारात्मक कदम बताएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा