
श्रीनगर, 02 जनवरी (हि.स.)। अल इण्डिया मेडिकल स्टूडेन्ट्स एसोसिएशनको जम्मू औ कश्मीर एकाईका उपाध्यक्ष मोहम्मद मोमिन खानले भारतका प्रधानमन्त्रीलाई एक अर्जेन्ट पत्र लेखेर ईरानमा पढ़िरहेका भारतीय मेडिकल छात्रहरूको सुरक्षा सुनिश्चित गर्नका लागि तत्काल हस्तक्षेप गर्ने माग गरेको छ।
आफ्नो सन्देशमा खानले क्षेत्रीय स्थितिमा भइरहेको परिवर्तनबीच ईरानमा चिकित्सा शिक्षा प्राप्त गरिरहेका लगभग 3 हजार मेडिकल विद्यार्थीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरे। उनले विद्यार्थी अनि उनका परिवारहरूमा बढ़्दो चिन्तालाई उजागार गर्दै भने, अनिश्चितता र अस्थिरताले उनीहरूलाई विशेष रूपमा असुरक्षित बनाएको छ।
एआईएसएका उपाध्यक्षले भारत सरकारसित विद्यार्थीहरूको जीवन सुरक्षा अनि शैक्षणिक निरन्तरताको रक्षाको लागि सबै आवश्यक तथा होशियारी कदम उठाउने आग्रह गरे। उनले विदेश मन्त्रालयको माध्यमबाट स्थितिको गहन निगरानी भारतीय दूतावाससित समन्वय मजबुत गर्दा सल्लाह जारी गर्ने तथा समर्पित आपतकालीन हेल्पलाइन स्थापना गर्ने आह्वान गरे।
एआईएसए नेतृत्वले आफ्नो अपीलमा विदेशमा पढ़िरहेका भारतीय विद्यार्थीहरूको चिन्तालाई हल गर्न तथा चुनौतीपूर्ण समयमा उनीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि अधिकारीहरूद्वारा तत्काल तथा प्रभावकारी कारबाही गरिनुपर्ने आवश्यकतामाथि बल दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा