अल्पसंख्यक तुष्टिकरणको आरोप लगाउँदै भाजपाले तृणमूललाई फेरि घेऱ्यो
अल्पसंख्यक तुष्टिकरणको आरोप लगाउँदै भाजपाले तृणमूललाई फेरि घेऱ्यो


कोलकाता, 02 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले राज्यको ममता ब्यनर्जी सरकारमाथि मुस्लिम तुष्टिकरणको आरोप लगाउँदै फेरि एकपटक हमला गरेको छ। पार्टीको पक्षबाट शुक्रवार सोशल मीडिया मञ्च एक्समा एउटा पोस्टको माध्यमबाट मुख्यमन्त्री ममता ब्यानर्जी र उनको सरकारमाथि दुर्गा पूजासित सम्बन्धित आयोजनहरूमा हस्तक्षेप गरेको आरोप लगाइयो। भाजपाले दाबी गऱ्यो, तृणमूल कंग्रेस सरकारले मुस्लिम भोट ब्यांकलाई खुशी पार्नको लागि बारम्बार दुर्गा पूजासित सम्झौता गर्दै आइरहेको छ।

भाजपा अनुसार 2016सालमा मुस्लिम समुदायको कथित विरोध पश्चात माँ दुर्गाको पूजालाई रोकिएको थियो। पार्टीले यसलाई धार्मिक स्वतन्त्रतामाथि हमला बताउँदै भन्यो, त्यसबेला राज्य सरकारले हिन्दू भावनाहरूलाई अदेखा गऱ्यो।

पोस्टमा अझ भनिएको छ, 2017 सालमा मुहर्रमको जुलूसलाई अनुमति दिनको लागि दुर्गा प्रतिमाहरूको विसर्जनमाथि रोक लगाइएको थियो।यो फसेला पनि एक समुदाय विशेषलाई प्राथमिकता दिने उद्देश्यले लिइएको आरोप भाजपाले लगाएको छ।

भाजपाले यो पनि दाबी गऱ्यो, वर्ष 20255-मा मुस्लिम समुदायको विरोधको कारणले दुर्गा पूजा पण्डाल वा दुर्गा आँगनको स्थापन बदलियो। पार्टीको भनाइ छ, यस प्रकारको फसेलाले राज्यमा दुर्गा पूजा जस्तो सबैभन्दा ठूलो हिन्दू पर्वको गरिमालाई ठेस पुऱ्याउँछ।

भाजपाले आरोप लगायो, मुख्यमन्त्री ममता ब्यानर्जीको लागि मांँ दुर्गाभन्दा अधिक मुस्लिम भोट ब्यांक अहम छ। पार्टीले तृणमूल कंग्रेस सरकारलाई “हिंदू विरोधी शासन” बताउँदै उसको कार्यकालमा धार्मिक आस्थाहरूलाई राजनीतिक हितका लागि किनारकृत गरिएको थप आरोप लगायो।

यस मुद्दामा तृणमूल कंग्रेसको पक्षबाट यो खबर लेखुञ्जेलसम्म कुनै आधिकारिक प्रतिक्रिया सामु आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande