
हुगली, 02 जनवरी (हि. स.)। हुगली जिल्लामा श्रीरामपुर रेलवे टिकिट काउन्टर निकट अवैध सट्टाको विरोध गर्दा एक जना भाजपा कार्यकर्तामाथि कथित रूपमा समाज विरोधीहरूले ज्यानमारा हमला गरे।
आरोप छए श्रीरामपुर रेलवे टिकिट काउन्टर नजिक लामो समयदेखिक अवैध सट्टाको कारबार चल्दै आइरहेको थियो। गत बुधवार राति स्थानीय भाजपा कार्यकर्ता रायन दासले उक्त स्थानमा पुगेर सट्टाबाजहरूको अवैध कामलाई रोक्ने चेष्टा गरे, तर उनीहरूले तिनीमाथि दलबल सहित हमला गरे। त्यसपछि गम्भीर अवस्थामा रायनलाई श्रीरामपुर वाल्श अस्पतालमा भर्ती गरियो।
प्रदेश भाजपा नेता किशन सावले शुक्रवार उक्त घटनाबारे जानकारी गराउँदैद भने, तृणमूलको राजमा सम्पूर्ण चाँपदानी विधानसभा क्षेत्रमा जुवा, सट्टा जस्ता अवैध व्यापारहरू भइरहेका छन्। सबै स्थानीय प्रशासनको संरक्षणमा भइरहेको छ। हाम्रा कार्यकर्ताहरूले सट्टाबाजीको अवैध कारबारको विरोध गर्दा तृणमूलको सट्टा माफियाले उमाथि ज्यानमारा हमला गऱ्यो। उसको टाउकोमा धेरै सिलाई परेको छ। उसको अवस्था गम्भीर छ। मामिलाको लिखित सिकायत श्रीरामपुर थानामा दर्ता गरिएको छ। अब हेर्नुछ कि पुलिसले यस मामिलामा के कारबाही गर्छ। तृणमूल कंग्रेसले हाम्रा कार्यकर्ताको रगतको एक-एक थोपाको हिसाब दिनुपर्छ। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ।
अर्कोतिर यो खबर लेखुञ्जेलसम्म यस मामिलामा तृणमूलको पक्षबाट कुनै प्रतिक्रिया व्यक्त गरिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा