पिकनिकको खुशी शोकमा परिणत, साथीलाई बचाउँदा बर्दवानको युवकको नहरमा डुबेर मृत्यु
पिकनिकको खुशी शोकमा परिणत, साथीलाई बचाउँदा बर्दवानको युवकको नहरमा डुबेर मृत्यु


बर्दवान, 02 जनवरी (हि.स.)। नयाँ वर्षको उत्सवबीच बर्दवानको कञ्चन नगर क्षेत्रमा साथीलाई बचाउने प्रयास गर्दा एकजना युवकको मृत्यु भयो। मृतकको पहिचान दीपंकर शिल (33)-को रूपमा भएको छ जो बर्दवान सहरको रथतला पुरातन कलोनी निवासी थिए। यो पीड़ादाय घटना कञ्चन नगर चण्डीताला निकट डीवीसी नहरमा भएको हो।

स्थानीय सूत्र अनुसार गए बिहीवार नयाँ वर्षको अवसरमा केही युवकहरू कञ्चन नगर चण्डीतला क्षेत्रस्थित डीवीसी नहर किनारमा पिकनिक मनाउन गएका थिए। अपरान्ह उनीहरूमध्ये विजय दास नामक युवक नहरमा नुहाउन गए। अचानक तिनी गहिरो पानीमा डुबे। साथीलाई डुबेको देखेर दीपंकर शिलले आफूलाई रोक्न सकेन अनि आफ्नो ज्यानको पर्वाह नगरी नहरमा हाम फाले।

दीपंकरको अथक प्रयासले विजय दासलाई बाहिर निकाल्न सफल भयो, तर यसपछि पनि अर्को दुर्घटना भयो। बचाउ कार्य अवधि थकान र तीव्र प्रवाहको कारणले दीपंकर स्वयं पानीमा डुबे।

स्थानीय मानिसहरूले तुरून्तै बचाउ कार्य शुरू गरे। लगभग एक घण्टाको खोजी पश्चात दीपंकरको शवलाई नहरबाट उद्धार गरियो। उसलाई तुरून्त बर्दवान मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। यस घटनाको कारणले नयाँ वर्षको खुशी क्षणभरमै शोकमा परिणत भयो.

घटनाको सूचना पाउनसाथ बर्दवान दक्षिणका विधायक खोकन दासले अस्पतालमा पुगेर शोकाकुल परिवारप्रति संवेदना व्यक्त गरे। उनले भने, “खेतीको कामको लागि हिजोदेखि मात्र नहरमा पानी छोड़िएको छ। हरेक वर्ष यहाँ हजारौं मानिसहरू पिकनिक मनाउन आउँछन् अनि दुर्भाग्यवश हरेक वर्ष नै यस किसिमको ज्यानमारा घटना हुन्छ।”

पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande