
कोलकाता, 02 जनवरी (हि. स.)। भाजपा नेता दिलीप घोष एकपटक फेरि विवादको केन्द्रमा परेका छन्। आरोप छ, सोशल मीडियामा उनको वैवाविहक जीवनलाई लिएर लगातार अश्लील, अपमानजनक औ मानहानिकारक पोस्ट गरिँदैछ। यस मामिलामा दिलीप घोषकी पत्नी रिंकु मजुमदार घोषले बिधाननगर पुलिसको साइबर अपराध दमन विभागमा औपचारिक सिकायत दर्ता गराएकी छन्।
सिकायतमा रिंकुले बताइन्, ‘अनन्या च्यटर्जी’ र ‘इन्द्रनील चक्रवर्ती’ नामक दुई वटा सोशल मीडिया अकाउन्टबाट दिलीप घोष र उनको दाम्पत्य जीवनलाई लिएर झुटो तथा कुत्सित कुराहरू फैलाइँदैछ। उनको आरोप छ, सुनिजित ढंगमा उनको सामाजिक छविलाई नोक्सान पुऱ्याउने उद्देश्यले यस किसिमको पोस्ट गरिँदैछ।
रिंकु मजुमदार घोषले सूचना प्रौद्योगिकी अधिनियमसँगसँगै भारतीय न्याय संहिता अन्तर्गत मानहानि, सार्वजनिक रूपमा आपत्तिजनक टिप्पणी, पहिचान लुकाएर धम्की दिएको जस्ता धाराहरूको उल्लेख गर्दै सिकायत दर्ता गराएकी छन्।
यस सम्पूर्ण मामिलामा दिलीप घोषले भने, विगत लामो समयदेखिकै यस किसिमको कुप्रचार भइरहेको छ। म स्वयं सोशल मीडियामा त्यति सक्रिय हुँदिन, त्यसैले मलाई पहिला धेर जानकारी थिएन। तर मेरी पत्नी यस्ता पोस्टहरूदेखि धेरै आहत भएकी थिइन्। उनले मसित कारबाही गर्ने कुरा गरिन् अनि मैले सहमति दिएँ। त्यसपछि पुलिसमा सिकायत दर्ता गराइएको छ। उनले दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो कड़ा कारबाही गर्ने माग गरे।
उल्लेखनीय छ, दिलीप घोष र रिंकु मजुमदार घोषले गत वर्ष 18 अप्रेलमा न्यूटाउनस्थित आवासमा सामान्य एवं निजी समारोहमा विवाह गरेका थिए। त्यसपछि देखि नै यी दुईले विभिन्न स्तरमा आलोचना तथा कटाक्षको सामना गर्दै आइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा