
पश्चिम बर्धमान, 02 जनवरी (हि. स.)। दुर्गापुरको न्यू टाउनशिप थाना क्षेत्र अन्तर्गत विधाननगर हाउसिंगमा शुक्रवार सबेरै एक सरकारी आवास परिसरमा राखिएको स्कुटीमा आगो लाग्यो जसले गर्दा खैलाबैला मचियो। तथापि आगो कसले, कुन उद्देश्यले लगाएको हो अहिलेसम्म स्पष्ट हुन सकेको छैन। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
सूत्र अनुसार विधाननगर हाउसिंग निवासी राणा घोषले आफ्नो स्कुटीलाई सदा जस्तै आवासको सिँढ़ीमुनि पार्क गरेर राखेका थिए। गए बिहीवार राती पनि स्कुटी त्यहीँ राखेका थिए। शुक्रवार भोर बिहान आवासकै तपन च्यटर्जी चिच्याएको सुनेर राणा निन्द्राबाट ब्युझिएँ। तल झरेर हेर्दा स्कुटीमा आगो बलिरहेको थियो।
हाउसिंगका मानिसहरूले सन्देह व्यक्त गरेका छन्, गए बिहीवार अबेर राति केही असामाजिक तत्वहरू आवास बाहिर बसेर रक्सी र मासु खाइरहेका थिए। घटनास्थल बाहिर खानाका प्लेट र रक्सीका गिलासहरू पनि भेटिएको छ।
उल्लेखनीय छ, त्यै सिँढ़ी मुनि अन्य मानिसहरूले पनि आफ्नो स्कुटी तथा मोटरसाइकल राख्दै आएका छन्। सुरक्षाको लागि चारै तर्फ फलामको ग्रिल पनि लगाइएको छ। तथापि स्कुटीमा आगो कसरी लाग्यो, यो पुलिसको जाँचको विषय हो।
स्थानीय मानिसहरूको भनाइ छ, यसपूर्व हाउसिंग परिसरभित्र यस प्रकारको घटना कहिल्यै भएको थिएन। स्कुटी मालिक राणा घोषले न्यू टाउनशिप थानामा लिखित सिकायत दर्ता गराएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा