
कोलकाता, 02 जनवरी (हि.स.)। गंगासागर जाने तीर्थ यात्रीहरूको सुविधाको लागि भूलकैश कल्याण केन्द्रले बाबूघाटस्थित आउट्राम घाटमा सेवा कार्य शुरू गरेको छ। यहाँ राखिएको क्याम्पमा श्रद्धालुहरूको लागि भोजन तथा प्राथमिक सुविधाहरूको व्यवस्था गरिएको छ।
भूकैलाश कल्याण केन्द्रका जेनरल सेक्रेटरी सीताराम रायले बताए, नयाँ वर्षको शुरूआतसितै ठूलो संख्यामा श्रद्धालुहरू यहाँ आइरहेका छन् साथै भोजन सेवाको लाभ उठाइरहेका छन्। उनले भने, यो सेवा कार्य आगामी 7 जनवरीसम्म चल्नेछ। त्यसपछि गंगासागर मेला अवधि शिविरको माध्यबाट सेवा जारी रहनेछ।
सीताराम राय विगत लामो समयदेखिकै समाज सेवासित जोड़िँदै आइरहेका छन्। गंगासागर मेला अवधि उनले प्रत्येक वर्ष नै बाबूघाटको आउट्राम घाटमा इमरजेन्सी मेडिकल यूनिट तथा अस्पताल संचालन गर्दछन्। उनको संगठनको माध्यमबाट 1996 सालदेखि लगातार मकर संक्रान्तिको अवसरमा तिर्थ यात्रीहरूको सेवा गरिँदै आएको छ। रायले भने, यो सेवा कार्य गंगाको धारा जस्तै वर्षौंदेखि निरन्तर हुँदै आइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा