बैकुण्ठपुर जंगलमा वनदुर्गा पूजामा उर्लियो श्रद्धालुहरूको भीड़
बैकुण्ठपुर जंगलमा वनदुर्गा पूजामा उर्लियो श्रद्धालुहरूको भीड़


जलपाईगुड़ी, 02 जनवरी (हि. स.)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत फाड़ाबाड़ी समिप बैकुण्ठपुरको घना जंगलस्थित वनदुर्गा मन्दिरमा आयोजित पूजाको अवसरमा श्रद्धालुहरूको व्यापक भीड़ देख्न पाइयो। शुक्रवार सबेरैदेखिकै सुदूरवर्ती क्षेत्रहरूबाट श्रद्धालुहरू मन्दिरमा आइरहेका छन्।

घना जंगलबीच अवस्थित यस स्थायी मन्दिरमा प्राचीन रिती-थिती तथा परम्परा अनुसार आज अबेर राति देवीको विशेष पूजा-अर्चना गरिनेछ। भक्तहरूले माँको दर्जन गरी मनोकामना मागिरहेका छन् साथै पूजा-पाठमा भाग लिरहेका छन्।

यस पूजासित लामो परम्परा अनि इतिहास जोड़िएको छ। मान्यता छ, यो स्थान देवी चौधुरानी तथा भवानी पाठकको स्मृतिसित जोड़िएको छ र यसको उल्लेख साहित्य सम्राट बंकिमचन्द्र च्यटर्जीको प्रसिद्ध उपन्यास ‘देवी चौधुरानी’-मा पनि पाइन्छ। पहिला यहाँ ठुनठुनिया माँको पूजा हुन्थ्यो, तर पछि यो पूजा वनदुर्गा पूजाको नामले प्रसिद्ध भयो।

श्रीश्री माँ वनदुर्गा पूजा कमिटीका सदस्य राजू साहाले बताए, हरेक वर्ष पौष महिनाको पूर्णिमा तिथिको राति आयोजना हुने यो पूजा आम मानिसहरूको आस्था र विश्वाससित जोड़िएको छ। यस वर्ष वनदुर्गा पूजाको 45औं वर्ष हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande