
बेंगलुरू, 02 जनवरी (हि.स.)। कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)- का प्रदेश अध्यक्ष बी.वाई. विजयेन्द्रले बेल्लारीमा विधायक जनार्दन रेड्डीको आवास सामू भएको हिंसक घटनालाई लिएर राज्य सरकार तथा कंग्रेसमाथि गम्भीर आरोप लगाएका छन्। उनले दाबी गरे, यो घटना सरकार प्रायोजित हो जसलाई कंग्रेसका गुण्डाहरूद्वारा पूर्ण रूपमा सुनियोजित ढंगमा परिणाम दिइयो। विजयेन्द्रले यस घटनाको कड़ा निन्दा गर्दै सलाई लोकतन्त्रमाथि सोझै हमला बताए।
सोशल मीडियामा जारी बयानमा विजयेन्द्रले भने, महर्षि वाल्मीकिको प्रतिमाको उद्घाटन गर्नको लागि ब्यानर लगाउने बहानामा विधायक जनार्दन रेड्डी र उनको परिवारलाई लक्षित गरियो। उनले आरोप लगाए, बेल्लारीमा लोकतान्त्रिक व्यवस्था पूर्ण रूपमा अनियन्त्रित भएको छ। सुनियोजित रूपमा शहरको शान्तिपूर्ण माहोललाई बिगार्ने षड़न्त्र रचियो।
भाजपा प्रदेश अध्यक्षले आरोप लगाए, स्थानीय विधायकका समर्थकहरूले आफ्ना साथीहरूको मद्दतले हिंसक घटनालाई परिणाम दिए ताकि बेल्लारीलाई आतंकग्रस्त शहरमा परिणत गर्न सकोस्। उनले भने, यस किसिमका घटनाहरू सत्ताको संरक्षण बिना सम्भव नै छैन।
भाजपा प्रदेश अध्यक्षले स्थानीय पुलिसको भूमिकामाथि प्रश्न उठाउँदै भने, पुलिस स्टेशनले कंग्रेस कार्यालयले जस्तै काम गरिरहेको छ। उनले आरोप लगाए, स्थानीय पुलिस कंग्रेसको कठपुतली भइसकेको छ। विजयेन्द्र अनुसार यदि पुलिसले समयमै सतर्कता अप्नाएको भए यस हिंसक घटनालाई रोक्न सकिन्थ्यो।
घटनालाई मध्यनजर गर्दै विजयेन्द्रले राज्य सरकारसित माग गरे, विधायक जनार्दन रेड्डी, पूर्व मन्त्री बी. श्रीरामुलु सहित भाजपाका प्रमुख नेताहरूलाई तत्काल पर्याप्त सुरक्षा उपलब्ध गराइयोस्। यसको साथै उनले उच्च न्यायालयका वर्तमान न्यायाधीसको अध्यक्षतामा जाँच आयोग गठन गरी सम्पूर्ण मामिलाको गहन जाँच गराउने माग समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा