
कोलकाता, 02 जनवरी (हि.स.)। नयाँ वर्षको अवसरमा 01 जनवरी 2026 मा कानून व्यवस्था कायम राख्न र सड़क सुरक्षा सुनिश्चित गर्न कोलकाता पुलिस र ट्राफिक विभागले व्यापक अभियान चलायो। अभियानको क्रममा 75 जनालाई पक्राउ गरियो। यद्यपि, अभियानको क्रममा कुनै पनि प्रतिबन्धित पटाका वा अवैध रक्सी जफत गरिन।
पुलिसद्वारा जारी आंकड़ाहरू अनुसार, नयाँ वर्षको दिनमा कूल 661 ट्राफिक उल्लङ्घनका घटनाहरू दर्ता गरियो। जसमध्ये सबैभन्दा अधिक 212 मामिला हेल्मेट बिना गाड़ी चलाएकोमा थिए।
यसका साथै ट्रिपल राइडिङको 88, तीव्र र लापरवाहीपूर्वक गाड़ी चलाएको 109 र मादक पदार्थ सेवन गरी गाड़ी चलाएको 95 मामिला रिपोर्ट गरियो। अन्य विभिन्न उल्लङ्घनका लागि 157 जना विरुद्ध कारबाही गरियो।
पुलिस अधिकारीहरूले बताए, नववर्षको उत्सवको समयमा कुनै पनि अवरोध वा दुर्घटना हुन नदिन विशेष निगरानी राखिएको थियो। ट्राफिक नियमहरूको पालनालाई लिएर अगाड़ी पनि अभियानहरू जारी रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी