गुड़िरहेको बाइकमा चितुवाको हमला, भाग्यले बच्यो ज्यान
गुड़िरहेको बाइकमा चितुवाको हमला, भाग्यले बच्यो ज्यान


जलपाईगुड़ी, 2 जनवरी (हि.स)। डुवर्सको चिया बगान क्षेत्रमा गुड़िरहेको बाइकमा अचानक एउटा चितुवाले हमला गऱ्यो। तथापि साहस अनि विवेकको बलमा सैलुन व्यवसायी सञ्जय ठाकुर आफ्नो ज्यान बचाउन सफल भए।

वास्तवमा सञ्जय ठाकुर बड़ेदीघी चिया बगानदेखि बताबाड़ी फार्म बजारतर्फ बाइकमा गइरहेका थिए। चिया बगानको बीचमा सुनसान सड़कमा उनको बाइकको गति मन्द थियो। पीड़ित अनुसार अचानक झाड़ीबाट एउटा चितुवा निक्लेर उनको बाइकमाथि झम्टियो। चितुवाले तिनीमाथि आक्रमण गर्न लाग्दा तिनले गुड़िरहेको बाइकबाटै आफ्नो देब्रे खुट्टाले सशक्त प्रहार गरे। चितुवाले पनि पल्टेर टोक्ने प्रयास गऱ्यो, तर केही क्षणमा चितुवा आफै चिया बगानभित्र पस्यो।

चितुवाको हमलामा सञ्जयलाई गम्भीर चोट लागेको छ। तिनी बताबाड़ी फार्म बजारमा पुगेपछि शिक्षकक पारसराम माहलीले तिनलाई रगताम्मे अवस्थामा तुरून्तै आफ्नो बाइक मार्फत चालसाको मंगलबाड़ी अस्पतालमा पुऱ्याए। अस्पतालका चिकित्सकहरूले बताए, सञ्जयको खुट्टामा चितुवा नङ्ग्राएर गहिरो घाउ बनाइदिएको छ। प्राथमिक उपचारपछि तिनलाई छुट्टी दिइयो अनि चिया बगानको एम्बुलेन्स मार्फत घरमा पठाइयो।

उल्लेखनीय छ, बड़ेदीघी चिया बगान क्षेत्रमा चितुवाको गतिविधि कुनै नौलो कुरा होइन। यसपूर्व पनि चिया पत्ती टिप्दै गरेका केही श्रमिकहरूमाथि हमला भइसकेको छ। यस ताजा घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलाएको छ। स्थानीय मानिसहरूले वन विभागसित खोर राख्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande