विधायक खगेश्वर रायले गरे चार वटा सड़कहरूको शिलान्यास
विधायक खगेश्वर रायले गरे चार वटा सड़कहरूको शिलान्यास


जलपाईगुड़ी, 02 जनवरी (हि. स.)। पथश्री परियोजना अन्तर्गत चार वटा पक्की सड़क निर्माणको शिलान्यास विधायक खगेश्वर रायले गरे। शुक्रवार रायगञ्ज ब्लकको मझियाली पञ्चायत क्षेत्रमा दुई वटा पक्की सड़क, कुकुरजान क्षेत्रमा एउटा तथा सुखानी ग्राम पञ्चायतमा एउटा सड़क गरी लगभग आठ किलोमीटर लामो चार वटा सड़कहरूको शिलान्यास गरियो।

यी सड़कहरूको निर्माणका लागि पश्चिम बंगाल सरकारको पञ्चायत एवं ग्रामीण विकास विभागले लगभग आठ कड़ोर रुपियाँको वित्तीय सहायता दिरहेको छ।

यस अवसरमा विधायक खगेश्वर रायले भने, क्षेत्रवासीहरूको लामो समयको माग आज पूरा भएको छ। यी सड़कहरूको निर्माणबाट मार्ग उपयगो गर्ने केही गाउँका मानिसहरूलाई सोझै लाभ पुग्नेछ।

शिलान्यास कार्यक्रममा राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, राजगञ्ज ब्लक तृणमूल कंग्रेस अध्यक्ष अरिन्दम ब्यनर्जी, युवा अध्यक्ष नीलाद्रि बोस, सुखानी ग्राम पञ्चायतका प्रधान परिमल राय, मझियाली ग्राम पञ्चायतका प्रधान सुमित दत्त सहित अन्य गणमान्य मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande