सिलगढ़ीमा महाकाल मन्दिर निर्माणको तयारी शुरू, मुख्यमन्त्री ममताले यसै महिना गर्नेछन् शिलान्यास
सिलगढ़ीमा महाकाल मन्दिर निर्माणको तयारी शुरू, मुख्यमन्त्री ममताले यसै महिना गर्नेछन् शिलान्यास


सिलगढ़ी, 2 जनवरी (हि.स)। सिलगढ़ीको माटीगाड़ा क्षेत्रमा प्रस्तावित महाकाल मन्दिरको शिलान्यासलाई लिएर प्रशासनिक स्तरमा तीव्र तयारी गरिँदैछ। आगामी 16 जनवरीमा मुख्यमन्त्री ममता ब्यानर्जीको बाहलीबाट उक्त महाकाल मन्दिरको शिलान्यास हुने सम्भावना छ। यसै क्रममा शुक्रवार सिलगढ़ीका मेयर गौतम देवले मन्दिर निर्माण स्थलको निरीक्षण गरे। यस अवधि उनीसित जिल्लाशासक सहित विभिन्न विभागीय अधिकारीहरू पनि उपस्थित थिए। अधिकारीहरूले चिन्हित भूमिको जायजा लिँदै आवश्यक दिशानिर्देश दिए।

प्रशासनिक रूपमा मन्दिर परिसरको विकासको लागि जमीन समतलीकरण तथा साफ-सफाईको कार्य शुरू गरिएको छ। केही अर्थमुभर मशिनहरूको सहयोगले क्षेत्रलाई तयार पारिँदैछ ताकि शिलान्यास कार्यक्रम शुचारू रूपमा सम्पन्न हुन सकोस्।

महाकाल मन्दिरको निर्माणलाई लिएर स्थानीय मानिसहरूमा विशेष उत्साह देखिँदैछ। मुख्यमन्त्रीको सम्भावित दौड़ाहलाई मध्यनजर गर्दै सुरक्षाको कड़ा बन्दोबस्त गरिँदैछ

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande