कोलकातामा स्वामी विवेकानन्द जन्मोत्सवमा हुनेछ विविध कार्यक्रमहरूको आयोजन
कोलकातामा स्वामी विवेकानन्द जन्मोत्सवमा हुनेछ विविध कार्यक्रमहरूको आयोजन


कोलकाता, 02 जनवरी (हि.स.)। रामकृष्ण मिशन स्वामी विवेकानन्दको पैतृक आवास एवं सांस्कृतिक केन्द्रको तत्वावधानमा स्वामी विवेकानन्द जन्मोत्सव- 2026 को आयोजन गरिँदैछ। यस अवसरमा स्वामी विवेकानन्द मिलन मेला सहित पाँच दिनसम्म विचार, संस्कृति, संगीत, नाटक र युवा सम्वादसित सम्बन्धित केही कार्यक्रमहरू आयोजना हुनेछ। आयोजन 9 जनवरीदेखि शुरू भएर 13 जनवरी, 2026-सम्म चल्नेछ।

उत्सवको शुरुआत 9 जनवरीको साँझ 5.30 बजी हुनेछ। पहिलो दिन स्वामी विवेकानन्द पाठचक्रको तत्वावधानमा वैदिक मन्त्रोच्चारणको साथमा कार्यक्रमको उद्घाटन गरिनेछ। उद्घाटन सत्रमा स्वामी विवकानन्दका विचार औ उनको राष्ट्र निर्माणमा योगदानमाथि चर्चा हुनेछ। यस दिन सांस्कृतिक प्रस्तुतिहरूको साथमा शआस्त्रीय संगीतको कार्यक्रम पनि राखिएको छ।

10 जनवरीको बिहान 10.30 बजी युवा सम्मेलनको आयोजन गरिनेछ। यसमा देश तथा समाजप्रति युवाहरूको भूमिका, शिक्षा तथा चरित्र निर्माण जस्ता विषयहरूमा वक्ताहरूले आफ्नो विचार राख्नेछन्। यसै दिन साँझ स्वामी विवेकानन्द र राष्ट्रिय चेतना विषयमा विचार गोष्ठी आयोजना हुनेछ जसमा विवेकानन्दको राष्ट्रवादी विचार तथा उनका सामाजिक सन्देशहरूमाथि विस्तार पूर्वक चर्चा गरिनेछ।

आयोजकहरूको भनाइ छ, यस आयोजनको उद्देश्य स्वामी विवेकानन्दका विचारहरूलाई नयाँ पिंढ़ीसम्म पुऱ्याउनु तथा युवाहरूलाई राष्ट्र सेवा, मानवता औ आत्मविश्वासको मार्गमा प्रेरित गर्नु हो। स्वामी विवेकानन्द मिलन मेलाको माध्यमबाट कोलकातामा फेरि एकपटक स्वामीजीका विचारहरूको जीवन्त झलक देख्न पाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande