
झाड़ग्राम, 02 जनवरी (हि.स.)। दुधकुण्डी क्षेत्रमा तृणमूल कंग्रेसको संगठनात्मक शक्ति बढ़ेको छ। झाड़ग्राम ब्लकको कुर्मी समाजका युवा नेता लक्ष्मीकान्त महतोको नेतृत्वमा शुक्रवार बिहान लगभग सय परिवारले पार्टीको सदस्यता ग्रहण गरे।
स्थानीय सूत्रले बतायो, नयाँ परिवारहरूले मुख्यमन्त्री ममता ब्यानर्जीको जनोन्मुखी नीति तथा सरकारको विकासपरक योजनाहरूमाथि विश्वास गर्दै तृणमूल कंग्रेससित जोड़िने निर्णय लिए।
राजनीतिक विश्लेषकहरूको भनाइ छ, यस सामूहिक सामेलीकरणले दुधकुण्डी क्षेत्रमा पार्टीको जनाधार अझ बलियो हुनेछ।
कार्यक्रममा तृणमूल कंग्रेसका केही स्थानीय नेता औ कार्यकर्ताहरू उपस्थित थिए। पार्टी नेतृत्वले नवप्रवेशी परिवारहरूलाई स्वागत गर्दै भने, आगामी समयमा तृणमूल कंग्रेस अझ सशक्त भएर जनहितमा काम गर्नेछ अनि क्षेत्रको विकासलाई गति प्रदान गर्नेछ।
पार्टी सूत्रले यो पनि भन्यो, संगठनात्मक विस्तारबाट आगामी चुनाउमा तृणमूलको पकड़ बलियो हुनेछ। स्थानीय जनतासित सम्पर्क अझ गहिरो हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा