
सोनभद्र, 02 जनवरी (हि.स.)। उत्तर प्रदेशको सोनभद्र जिल्लाको शाहगञ्ज थाना क्षेत्रमा पुलिसले लागूऔषध ओसारपसारमा संलग्न दुई महिला गुण्डाहरूको लगभग 37.68 लाख रुपियाँ बराबरको अवैध रूपमा आर्जित सम्पत्ति जफत गरेको छ। पुलिसले थप कारबाही जारी राख्नेछ।
पुलिस अधीक्षक अभिषेक वर्माले शुक्रवार बताए, शाहगञ्ज थाना क्षेत्रमा लागूऔषध ओसारपसारमा संलग्न दुई महिलाहरूको अवैध रूपमा आर्जित सम्पत्ति गुण्डा एक्ट अन्तर्गत जफत गरिएको छ। गुण्डा एक्ट अन्तर्गत जिल्ला मजिस्ट्रेटको आदेशपछि सोनभद्र जिल्लाको शाहगञ्ज थाना निवासी स्वर्गीय शिव प्रसादकी पत्नी अभियुक्त माया उर्फ सुनिताको 21.18 लाख रूपियाँ बराबरको सम्पत्ति र सोनभद्र जिल्लाको शाहगञ्ज थाना निवासी शियाशंकरकी पत्नी अभियुक्त आशा देवीको 16.50 लाख रूपियाँ बराबरको सम्पत्ति जफत गरिएको छ।अनुसन्धानको क्रममा दुवै महिलाले यो सम्पत्ति अवैध लागूऔषध व्यापारबाट आर्जन गरेको पत्तो लागेको छ।
एसपीले भने, यस कारबाहीबाट अपराधबाट आर्जन गरिएको अवैध सम्पत्तिलाई कुनै पनि हालतमा छोड़िने छैन र सोनभद्र जिल्ला पुलिसले अपराधीहरू विरुद्ध कड़ा र निरन्तर कारबाही जारी राख्नेछ भन्ने स्पष्ट सन्देश दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी