चार दिनदेखि बेपत्ता भाजपा कार्यकर्ताको शव घर नजिकै तलाउमा भेटियो, हत्या भएको आरोप
चार दिनदेखि बेपत्ता भाजपा कार्यकर्ताको शव घर नजिकै तलाउमा भेटियो, हत्या भएको आरोप


पूर्व मेदिनीपुर, 02 जनवरी (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको मयना थाना अन्तर्गत सुदामपुर क्षेत्रमा चार दिनदेखि बेपत्ता एकजना भाजपा कार्यकर्ताको शव घर नजिकै अवस्थित तलाउबाट उद्धार गरिएको घटमा क्षेत्रमा तनाउ फैलिएको छ। मृतकको पहिचान सुब्रत अधिकारी (33)- को रूपमा भएको छ। परिवार तथा स्थानीय भाजपा नेतृत्वले यसलाई हत्याको संज्ञा दिँदै षड़यन्त्र रचेको आरोप लगाएका छन्। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

जानकारी अनुसार सुदामपुर निवासी सुब्रत अधिकारी गए आइतवार साँझ बलाइपंडा क्षेत्रमा हनुमान पूजाको अवसरमा आयोजित कार्यक्रम हेर्न गएको भन्दै घरबाट निक्लेका थिए। त्यसपछि तिनी घर फर्केनन्। आफन्तहरूले यथासम्भव खोजे तर कुनै सुइँको पाइएन। गए बिहीवार अपरान्ह तिनको घर नजिकै रहेको एउटा तलाउवाट शव उद्धार गरियो। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।

मृतककी आमा काजल देवीले आरोप लगाइन्, उनको छोराको हत्या गरिएको हो। उनको भनाइ छ, सुब्रतको कसैसित शत्रुताततत थिएन, उसके षड़यन्त्र रचेर हत्या गरिएको हो। स्थानीय भाजपा नेताहरूले पनि हत्या भएको आशंका व्यक्त गरेका छन्।

मयनाका भाजपा नेता सुजित बेड़ाले भने, “सुब्रत पार्टीका सक्रिय कार्यकर्ता थिए। यदि शव चार दिनदेखि पानीमा भएको भए त्यसमा सड़ेको स्पष्ट लक्षण देखिन्थ्यो, तर यस्तो प्रतीत भइरहेको छैन। उसको मोबाइल फोन पनि अहिलेसम्म हातमा परेको छैन। पहिला पनि उसलाई अपहरण गरेर महिषादलमा पुऱ्याएर कुटपिट गरेको थियो। चुाउपूर्व भाजपालाई दबाउनको लागि तृममूल कंग्रेसले षड़यन्त्र रचिरहेको छ। सबै कुरा थाहा हुँदाहुँदै पनि पुलिस निष्क्रिय छ।”

तथापि तृणमूल कंग्रेसले सबै आरोपहरूलाई शिराबाटै खारेज गरिदिएको छ। पुलिसको भनाइ छ, यो हत्या हो वा अन्य कुनै मामिला, यस सम्बन्धमा पोस्टमर्टम रिपोर्ट आएपछि तथा जाँचपछि थाहा पाइनेछ। हाल मयना थाना पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande