घरबाट दिशाको लागि गएको युवकको शव भेटियो, क्षेत्रमा भय व्याप्त
घरबाट दिशाको लागि गएको युवकको शव भेटियो, क्षेत्रमा भय व्याप्त


आसनसोल, 04 जनवरी (हि.स.)। आसनसोल दक्षिण पुलिस चौकी अन्तर्गत बराचक बोयला धौड़ामा एक तलाउको नजिकै अवस्थित गाउँका 15 वर्षीय युवक शुभम प्रसादको शव भेटिएको छ। आइतवार बिहान भएको यस घटनापछि क्षेत्रमा व्यापक सन्त्राष फैलिएको छ।

शवलाई हेर्दा यस्तो प्रतीत हुन्छ, शुभम दिशाको लागि तलाउको किनारमा गएका थिए, किनभने शुभमलाई अर्धनग्न अवस्थामा भेटिएको छ। तथापि शुभमको मृत्यु कसरी र कुन परिस्थितिमा भएको हो थाहा लाग्न सकेको छैन। स्थानीय मानिसहरूले घटनाको जानकारी साउथ पुलिस चौकीलाई दिए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले मामिलाको जायजा लियो। शुभमको परिवारको भनाइ छ, शुभम दिशा गर्नको लागि घरदेखि आइतवार बिहान लगभग 5 बजे गएका थिए, त्यसपछि उ घरमा फर्केर आएनन्।

स्थानीय मानिसहरूले बिहान 6 बजे शुभमको परिवारलाई बताए, शुभम तलाउ किनार भूइँमा सुतेको छ। त्यसपछि शुभमकी आमा घटनास्थलमा पुगिन्। शुभमकी आमा मूक बाधिर भए पनि तिनले सबैतिर दौड़ेर मानिसहरूसित सहयोग मागिन् कि कसैले उनको छोरालाई अस्पतालमा पुऱ्याइदिउन् ताकि तिनको छोराको ज्यान बच्न सकोस्। स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर एम्बुलेन्स मार्फत शुभमलाई आसनसोल जिल्ला अस्पतालमा पठाइदियो। हाल शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande