गंगासागरको भ्रमण पूरा गरी कोलकाता फर्किन् मुख्यमन्त्री ममता ब्यानर्जी
गंगासागरको भ्रमण पूरा गरी कोलकाता फर्किन् मुख्यमन्त्री ममता ब्यानर्जी


सिलगढ़ी, 06 जनवरी (हि. स.)। सरकारी स्कूलहरूमा शुल्क वृद्धिको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)-ले मंगलवार सिलगढ़ीको डीआई (जिल्ला निरीक्षक)- कार्यालय सामु विरोध प्रदर्शन गऱ्यो।

प्राप्त जानकारी अनुसार सरकारी स्कूलहरूमा निर्धारित प्रवेश शुल्क 240 रुपियाँ रहे पनि कतिपय स्कूलहरूमा अवैध रूपमा 400 रुपियाँ त कतिपय स्कूलहरूमा 1000 रुपियाँसम्म असुलिरहेको छ। एबीवीपीको आरोप छ, सरकारी निर्देश अनुसार सबै सरकारी स्कूलहरूमा एक समान तथा निर्दारित दरमा प्रवेश शुल्क लिइनुपर्छ।

संगठनको भनाइ छ, अभिभावकहरूमाथि अतिरिक्त आर्थिक बोझ लादेर अवैध रूपमा अधिक पैसा असुलिरहेको छ जसबाट गरीब तथा मध्यम वर्गका परिवारका विद्यार्थीहरूलाई गम्भीस समस्याको सामना गर्न परिरहेको छ।

एबीवीपीका सदस्यहरूले माग गरे, सबै सरकारी स्कूलहरूमा प्रवेश शुल्कलाई लिएर कड़ा निगरानी गरियोस् तथा निर्धारित शुल्कभन्दा अधिक शुल्क लिरहेका स्कूलहरूविरूद्ध तत्काल कड़ा कारबाही गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande