
गुवाहाटी, 04 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले महान संगीतकार राहुल देव बर्मनको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, आरडी बर्मका रचनाहरूले भारतीय संगीतलाई नयाँ पहिचान दिए जुन आज पनि देश-विदेशमा समान रूपमा गुञ्जिरहेको छ।
श्रद्धाञ्जलीसितै मुख्यमन्त्रीले एउटा दुर्लभ भीडियो क्लिप पनि साझा गरे जसमा राहुल देव बर्मनले आफ्नो एउटा चरना पछाड़िको कथा स्वयं सुनाउँदै गरेको देखिन्छ। मुख्यमन्त्रीले यसलाई संगीत प्रेमिहरूको लागि एक अनमोल धरोहर बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा