
यमुनानगर, 04 जनवरी (हि.स.)। अस्ट्रेलियामा नोकरी तथा वर्क परमिट दिलाउने सपना देखाएर युवाहरूबाट कड़ोरौं रुपियाँ ठग्दै आएको गिरोहमाथि आर्थिक अपराध शाखाले लगाम कसेको छ। यस मामिलामा ग्लोबल इन्फोटेक नामले काम गरिरहेको कम्पनीका दुईजना संचालकहरूलाई प्रोडक्शन वारन्टको माध्यमबाट हिरासतमा लिएर अदाल्तमा पेश गरियो जहाँबाट दुवैलाई दुई दिनको पुलिस रिमाण्डमा पठाइएको छ।
जाँचमा थाहा लागे अनुसार आरोपीहरूले विदेशमा जान इच्छुक मानिसहरूलाई आकर्षित गर्नको लागि सुनियोजित उपाय अप्नाउँथे। कार्यालयमा हरेक समय मानिसहरूको भीड़ राखिन्थ्यो ताकि त्यहाँ आउने नयाँ मानिसहरूलाई आभास होस् कि कम्पनीले व्यापक स्तरमा काम गरिरहेको छ। भरोसा जित्नको लागि मेडिकल प्रक्रिया तथा दस्तावेजी औपचारिकताहरूको नाटक गरिन्थ्यो।
पीड़ितहरू मुताविक आरोपीहरूले कथित भीजाको डिजीटल प्रति पहिला कम्प्यूटरमा देखाए, त्यसपछि मोबाइल म्यासेजिंग एपको माध्यमबाट पठाइदिए जसबाट मानिसहरूलाई विश्वास होस् कि अस्ट्रेलिया जाने प्रक्रिया पूरा भइसकेको छ। यसबीच उनीहरूबाट मोटो रकम असुलियो। आर्थिक अपराध शाखा(ईओडब्ल्यू)-का अधिकारीहरूको भनाइ छ, प्रारम्भिक जाँचमा ठगीको रकम कड़ोरौं रुपियाँसम्म पुग्ने संकेत देखिएको छ। रिमाण्ड अवधि आरोपीहरूसित जाँचबुझ गरी सम्पूर्ण नेटवर्क, धनको लेन-देन तथा अन्य पीड़ितहरूको पहिचान गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा