आदिवासी महिला बीएलोमाथि बंगलादेशी नागरिकद्वारा हमला गरिेएको आरोप लगाएर भाजपाले ममता सरकारलाई घेऱ्यो
आदिवासी महिला बीएलोमाथि बंगलादेशी नागरिकद्वारा हमला गरिेएको आरोप लगाएर भाजपाले ममता सरकारलाई घेऱ्यो


कोलकाता, 04 जनवरी (हि.स.)। बंगाल भाजपाले आइतवार सोशल मीडिया प्लेटफर्म एक्समा एउटा पोस्ट साझा गरी राज्यको ममता ब्यनर्जी सरकारमाथि गम्भीर आरोप लगाएको छ। पार्टीले दाबी गरेको छ, पश्चिम बंगालमा आदिवासी समुदायसित सम्बन्धित एकजना बूथ लेभल अफिसर

(बीएलओ)-माथि कथित रूपमा एकजना बंगलादेशी नागरिकद्वारा हमला गरियो।

भाजपा अनुसार बिमली टुडु जो आदिवासी समुदायबाट हुन् र बीएलओको रूपमा कार्यरत् छन्,-माथि अब्दुल रहिम गाजी नामक व्यक्तिले हमला गरे। पार्टीले आरोप लगाएको छ, बिमली टुडु हांसदाले अब्दुल गाजीको पहिचान एकजना बंगलादेशी नागरिकको रूपमा उजागार गरिदिएकी थिइन् जसपश्चात यो हमला भयो।

पोस्टमा भनिएको छ, बिमलीले आफ्ना वरिष्ठ अधिकारीहरूलाई यो जानकारी दिएकी थिइन् कि अब्दुल गाजीले कथित रूपमा अवैध रूपमा मतदाता सूचीमा नाम दर्ता गराउने चेष्टा गरिरहेका थिए। भाजपाको दाबी छ, यस कुराको सुइँको लाग्नसाथ आरोपीले बीएलोलाई जुत्ताले कुटे भने तिनका पत्नीले बीएलओको घरमै पुगेर झगड़ा गरिन्।

बंगाल भाजपाले आरोप लगायो, राज्यमा आदिवासीहरूप्रति लगातार अपमान तथा हिंसा गरिँदैछ र तृणमूल कंग्रेस सरकारको शासनमा उनीहरूको स्थिति निरन्तर कमजोर बन्दै गइरहेको छ। पार्टीले यो पनि दाबी गऱ्यो, कथित अवैध बंगलादेशी नागरिक जसलाई भाजपाले ममता ब्यनर्जीको “भोट ब्यांक” बतायो,-ले अब आदिवासी समुदायमाथि हमला गरिरहेको छ।

भाजपाले यस घटनालाई मानवाधिकार तथा मानव गरिमाको घोर उल्लंघन बताउँदै भन्यो, ममता ब्यनर्जीको शासनमा कथित रूपमा अवैध बंगलादेशी नागरिकहरूलाई बंगालीहरूमाथि खुलेर हमला गर्ने छुट प्राप्त भएको छ।

बंगाल भाजपाको उक्त पोस्टलाई लिएर लेखिएको समाचारमाथि तृणमूल कंग्रेसले अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande