पश्चिम बंगालको बंगलादेश जस्तै अवस्थाः भाजपा
पश्चिम बंगालको बंगलादेश जस्तै अवस्थाः भाजपा


कोलकाता, 04 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- ले आइतवार सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी राज्यको ममता ब्यनर्जी सरकारमाथि गम्भीर आरोप लगाएको छ। पार्टीले एक्समा विभिन्न मीडिया संस्थानहरूको हेडलाइनलाई साझा गर्दै भन्यो, यी हेडलाइनहरू वर्ष 1946-को होइन जबकि 2025-26 को हो जसले राज्यको वर्तमान अवस्थालाई दर्शाउँछ।

भाजपा अनुसार जुन मानिसहरूलाई लक्षित गरिँदैछ उनीहरूको “एकमात्र अपराध” आफ्नो धार्मिक पहिचानलाई कायम राख्नु हो। पार्टीले आरोप लगायो, ममता ब्यनर्जीको शासनमा पश्चिम बंगालको “पश्चिम बंगलादेश” जस्तै स्थिति बिस्तारै वास्तविकता बन्दै गइरहेको छ।

पोस्टमा भाजपाले यो पनि दाबी गऱ्यो, बंगलादेशमा देखिरहेको इस्लामी कट्टरपन्थी पश्चिम बंगालमा पनि देखिन थालेको छ। राज्यमा हिन्दुहरूविरूद्ध हिंसा तथा उग्रवाद बढ़्दै गइरहेको छ। पार्टीले दुवै क्षेत्रको स्थितिको तुलना गर्दै चिन्ता व्यक्त गऱ्यो।

तथापि भाजपाले आफ्नो सन्देशमा यो पनि भन्यो, अतीतमा बंगलादेशका मानिसहरूले जसरी अन्याय र दमनको विरोधमाआवाज उठाए, त्यसरी नै अब कुनै पनि प्रकारको दासता अनि अन्यायलाई सहन गरिनेछैन।

भाजपाको यस बयान पश्चात राज्यको राजनीतिमा फेरि बयानबाजी तीव्र हुने सम्भावना व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande