दुई वर्षपछि 20 हजार इनामी बदमाश पक्राउ
दुई वर्षपछि 20 हजार इनामी बदमाश पक्राउ


झांसी, 04 जनवरी (हि.स.)। उत्तर प्रदेशको झाँसी जिल्लाको नवाबाद थाना पुलिसले नक्कली नोट जमा गरेको मामिलामा 20 हजार रूपियाँ इनामी बदमाशलाई पक्राउ गरेको छ। बदमाश दुई वर्षदेखि फरार थियो। पुलिसले आरोपीलाई सोधपुछ गर्दै थप कारबाही गरिरहेको छ।

नवाबाद थाना प्रभारी रवि श्रीवास्तवले बताए, 20 हजार इनामी राजनाथ यादवले 2024 मा नवाबाद थाना क्षेत्रको एक बैंकमा 2,500 रूपियाँ जमा गरेको थियो। जाँचमा ती नोटहरू नक्कली पाइयो। यो कुरा बाहिर आएपछि शाखा प्रबन्धकले उ विरुद्ध मुद्दा दर्ता गरे। एफआईआर दर्ता भएदेखि नै अभियुक्त फरार थियो र पुलिसले उसलाई खोजिरहेको थियो। दुई वर्षपछि पुलिसले उसलाई शनिवार राति किसान बजारको तिगैला नजिकैबाट पक्राउ गऱ्यो।

थाना प्रभारीले बताए, अभियुक्त राजनाथ यादव अयोध्या जिल्लाको गोसाईगंज थानाको बैनवा गाउँको बासिन्दा हो। सोधपुछको क्रममा उसले नक्कली नोट जमा गरेको स्वीकार गऱ्यो। थप विवरणहरू पत्तो लगाउन पुलिसले उसित सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande