
होजाई (असम), 04 जनवरी (हि.स.)। होजाई जिल्ला शहर मुख्यालय निकट जंगली हात्तीको हमलामा परी एकजना वृद्ध व्यक्तिको घटनास्थलमै मृत्यु भयो। पुलिसले आइतवार बतायो, भोजनको खोजीमा जंगलबाट आवासीय क्षेत्रमा पसेको जंगलीले आफ्नो ज्यान बचाउने प्रयास गरिरहेका वृद्ध व्यक्तिमाथि हमला गऱ्यो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
मृतकको पहिचान प्रभात विश्वासको रूपमा गरिएको छ। घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले मृत व्यक्तिको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। वर्षको पहिलो सप्ताहभित्रमा अहिलेसम्ममा तीनजना मानिसहरूको मृत्यु जंगली हात्तीको हमलाले नै भइसकेको छ।
स्थानीय मानिसहरूले वृद्ध व्यक्तिको मृत्युको लागि वन विभागलाई जिम्मेवार ठहराउँदै वन विभागमाथि गम्भीर आरोप लगाएको छ। स्थानीय मानिसहरूको भनाइ छ, जंगली हात्तीको झुण्डलाई लखेट्नको लागि वन विभागलाई बारम्बार अवगत गराइएको भए पनि विभागले कुनै कदम नउठाएको कारणले यो दुर्घटना भएको हो। वन विभागले यस सम्बन्धमा कुनै ठोस कदम उठाएन भने आगामी दिनमा अझ ज्यान-मालको नोक्सान हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा