फरिदाबादः नोकरी गुमेपछि अवसादग्रस्त सफ्टवेयर इञ्जीनियरले ट्रेन अगाड़ि हाम फालेर दिए ज्यान
फरिदाबादः नोकरी गुमेपछि अवसादग्रस्त सफ्टवेयर इञ्जीनियरले ट्रेन अगाड़ि हाम फालेर दिए ज्यान


फरिदाबाद, 04 जनवरी (हि.स.)। नोकरी गएको कारणले डिप्रेशनको शिकार भएका एकजना सफ्टवेयर इञ्जीनियरले ट्रेन अगाड़ि हाम फालेर आत्महत्या गरे। मृतकले आत्महत्या गर्न केही घण्टा अगाड़ि आफ्नी आमासित बसेर अन्तिम पटक खाना खाएका थिए। यस अवधि आत्महत्यासित सम्बन्धित बातचित पनि भइरहेको थियो। यस घटनाको कारणले परिवार लगायत छर-छिमेकमा पनि शोक व्याप्त भएको छ।

घटना गए शनिवार साँझ फरिदाबादको न्यू टाउन तथा ओल्ड रेलवे स्टेशनबीच, न्यू टाउन स्टेशन नजिक भएको हो। मृतकको पहिचान विक्रम सिंह (35-36 वर्ष)- को रूपमा भएको छ। अविवाहित विक्रिमजीत सेक्टर-10 फरिदाबादमा आफ्नी आमा सुमनसित बस्दै आएका थिए। घटना बारे सूचा पाउनसाथ जीआरपी थाना ओल्ड फरिदाबाद घटनास्थलमा पुग्यो। पुलिसले शवलाई रेलवे ट्र्याकबाट निकालेर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।

जीआरपी पुलिसका एएसआई सूरत पालले जानकारी गराए, सूचना पाउनसाथ पुलिसको टीम घटनास्थलमा पुग्यो जहाँ एकजना युवकको क्षत-विक्षत शव रेलवे ट्र्याकमा लड़िरहेको थियो। पुलिस जाँचमा मृतकको ज्याकेटबाट मोबाइल फोन भेटियो, त्यसै अवधि मोबाइलमा उसकी आमा सुमनको फोन आयो जसबाट मृतकको पहिचान विक्रमजीत सिंह, निवासी सेक्टर-10 फरिदाबादको रूपमा भयो।

मृतककी आमा सुमनले पुलिसलाई बताइन्, विक्रमले एक निजी कम्पनीमा सफ्टवेयर इञ्जीनियरको रूपमा वर्क फ्रम होम गरिरहेका थिए। तर लगभग एक महिनाअघि उसको नोकरी गएको थियो। नोकरी गएपछि उ मानसिक तनाउमा बस्न थाल्यो। हाल मामिलाको जाँच गरिँदैछ र सबै पाटो र पक्षलाई ध्यानमा राखेर कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande