
गुवाहाटी, 04 जनवरी (हि.स.)। गौहाटी उच्च न्यायालयलाई उत्तर गुवाहाटीस्थित ऐतिहासिक रंगमहल परिसरमा स्थानान्तरण गर्ने प्रक्रिया शुरू हुन गइरेहको छ। यस कदमलाई राज्यको न्यायिक संरचनाको विस्तारको दिशामा एक महत्वपूर्ण पहल मानिँदैछ।
न्यायिक सूत्रले बतायो, नयाँ न्यायालय परिसरको आधारशिला आगामी 11 जनवरीमा राखिनेछ। यस अवसरमा उच्चतम न्यायालका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्त उपस्थिति रहनेछन्।
ऐतिहासिक महत्व बोकेको रंगमहल परिसरमा उच्च न्यायालय स्थानान्तरण हुनाले आधुनिक सुविधासँगसँगै न्यायिक कार्यहरूको संचालनमा सहुलियत मिल्ने आशा छ। साथै वर्तमान परिसरमा बढ़्दो दबावलाई पनि कम गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा