न्यायमूर्ति ए. मुहम्मद मुस्ताक बने सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश, राज्यपालले दिलाए शपथ
Governor administered oath


Chief minister and chief justice


गान्तोक, 04 जनवरी (हि.स.)। न्यायमूर्ति ए. मुहम्मद मुस्ताकले सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशका रूपमा शपथ ग्रहण गरेका छन्। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज राजधानीको लोक भवनमा आयोजित शपथ ग्रहण समारोहमा सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुस्ताकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

लोक भवनको आशीर्वाद हालमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापा, सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदर राई, न्यायाधीश भाष्कर राज प्रधान, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

यस अघि सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकको नियुक्ति अधिसूचना र वारन्ट पढ़ेर सुनाएका थिए। शपथ ग्रहण समारोहको समापनपछि राज्यपाल, मुख्यमन्त्री तथा अन्य गणमान्य व्यक्तिहरूले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति तुस्ताकलाई परम्परागत रूपमा खदा अर्पण गरि बधाई एवं शुभकामना दिए।

केरला हाई कोर्टका न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुस्ताकले आजदेखि सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशका रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। उनले सिक्किम उच्च न्यायालयका निवर्तमान मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरको स्थान लिनेछन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकको शपथ ग्रहण समारोहमा सहभागी बन्न पाएकोमा हर्ष व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा न्यायमूर्ति मुस्ताकलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande