
गान्तोक, 04 जनवरी (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग आज लोक भवनमा आध्यात्मिक गुरु तथा उत्तराखण्ड सरकारका पर्यटन, संस्कृति एवं सिंचाइ मन्त्री सतपालजी महाराजले शिष्टाचार भेट गरे। उक्त जानकारी लोक भवनले प्रेस विज्ञप्तिमा दिएको छ।
यस भेटको क्रममा सिक्किम र उत्तराखण्ड दुवै हिमाली राज्यहरूको विशिष्ट सांस्कृतिक विरासत, प्राकृतिक सौन्दर्य तथा पर्यटनसम्बन्धी विषयहरूमा सार्थक छलफल भएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल