पानीपतमा हनी ट्र्यापमा फसे दिव्यांग युवक,पैसा लिएर आरोपी भाग्यो
पानीपतमा हनी ट्र्यापमा फसे दिव्यांग युवक,पैसा लिएर आरोपी भाग्यो


पानीपत, 04 जनवरी (हि.स.)। पानीपतमा कमन सर्भिस सेन्टर चलाइरहेका एकजना दिव्यांग युवकलाई एकजना युवतीले हनीट्र्यापमा फसाई। राशनकार्डबनाउनेबहानामा उसकोसेन्टरमाआएकी युवतीले उसको मोबाइल नम्बर लिएर गई। त्यसपछि तीन महिनासम्म उसलाई कल अनि म्यासेज गरिरही। युवतीले उसलाई डिनरको लागि बोलाई। यसबीच उसले युवकलाई आफ्नो कुरामा अल्झाइरही। युवक युवतीले बताएको ठेगाना प्रीत विहार कलोनीमा पुग्यो। यस अवधि महिलाले छक्याएर युवकसित अवैध सम्बन्ध बनाई जसको आपत्तिजनक भीडियो महिलाको पतिले लुकेर बनायो। महिलाको पतिले युवकमाथि कुटपिट गरेर युवकले गलामा लगाएको चेन पनि थुत्यो। त्यसपछि मामिलालाई ढाकछोप गर्नको लागि 10 लाख रुपियाँको माग गऱ्यो। लामो विवादपछि दुई लाख रुपियाँमा सौदा तय भयो। आरोपीहरूमा अझ एकजना व्यक्ति पनि सामेल छ जसले आफूलाई पुलिसकर्मी बताएर युवकमाथि कुनै पनि स्थितिमा मामिलालाई सुल्झाउने दबाव दिरह्यो। थाना प्रभारी दिवान सिंहले बताए, सिकायतकर्ताले बताएको ठेगानाबाट आरोपी प्रीत विहार कलोनीमा भाड़ामा बस्दै आएको थियो जो अहिले भागिसकेको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande