
कोलकाता, 04 जनवरी (हि.स.): बलिवुडका महान संगीतकार राहुल देव बर्मन (आर.डी. बर्मन)- को पुण्यतिथिको अवसरमा आइतवार पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्समा एउटा पोस्ट साझा गर्दै भनिन्, राहुल देव बर्मनलाई उनको अविस्मरणीय धुन तथा गीतहरूको लागि सदैव स्मरण गरिनेछ।
ममता ब्यनर्जीले आफ्नो सन्देशमा लेखिन्, आर.डी. बर्मन भारतीय संगीतका यस्ता स्तम्भ थिए जसका रचनाहरू आज पनि संगीत प्रेमीहरूको हृदमा जीवित छन्। उनले भनिन्, उनले बनाएका धुनहरू समय-सीमादेखि टाड़ा छन् र भावी पिँढ़ीलाई पनि प्रेरित गरिरहनेछन्।
मुख्यमन्त्रीले यो पनि उल्लेख गरिन्, राहुल देव बर्मनले हिन्दी फिल्म संगीतलाई एउटा नयाँ पहिचान दिए तथा उनका दीतहरू आज पनि त्यति नै ताजापनले सुनिन्छ। उनले श्रद्धाञ्जली चढ़ाउँदै भनिन्, संगीतको दुनियाँमा उनको योगदानलाई कहिल्यै भुल्न सकिँदैन।
उल्लेखनीय छ, राहुल देव बर्मन भारतीय सिनेमाका सबैभन्दा प्रभावशाली संगीतकारहरूमध्ये एक थिए। उनले आफ्नो करियरमा अनगन्ती स्मरणीय गीतहरूको रचना गरे जुन आज पनि श्रोताहरूमाझ अत्यन्त लोकप्रिय छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा