विधान मार्केट र खुदीराम पल्लीमा मेयर गौतम देवको जनसम्पर्क अभियान
विधान मार्केट र खुदीराम पल्लीमा मेयर गौतम देवको जनसम्पर्क अभियान


सिलगढ़ी, 04 जनवरी (हि. स)। शहरको विधान मार्केट र खुदीराम पल्ली क्षेत्रमा आइतवार मेयर गौतम देवले जनसम्पर्क कार्यक्रममा भाग लिे। यस अवधि उनले विधान मार्केटका व्यापारीगण, खुदीराम पल्लीका दुकानदार एवं वरपरका स्थानीय मानिसहरूसित सोझै बातचित गरी उनीहरूक समस्या अनि अवस्था बारे जानकारी लिेए। व्यापार-व्यवसाय तथा दैनिक जीवनमा कुनै प्रकारको समस्या साथै नागरिक सेवासित जोड़िएका समस्याहरूलाई लिएर उनले विस्तार पूर्वक मानिसहरूको मतलाई सुने।

स्थानीय मानिसहरूसित बातचित गर्दै मेयर देवले स्पष्ट रूपमा भने, यस कार्यक्रमको राजनीति वा कुनै पनि प्रकारको राजनीतिक प्रचारसित कुनै सरोकार छैन। यो कुनै राजनीति होइन, मेरो उद्देश्य मानिसहरूको समर्थनमा रहनु हो। आम मानिसहरूको समस्यालाई सुनेर त्यसलाई समाधान गर्ने प्रयास गर्नु मेरो जिम्मेवारी हो।

यस अवसरमा मेयर खुदीराम पल्लीस्थित एउटा घरमा पुगे जहाँ उनले आफ्नो विगतका दिनहरूको सम्झनालाई आलो बनाए। उनले बताए, यस क्षेत्रसित उनको पुरानो स्मृति जो़ड़िएको छ र पहिला पनि उनी यस घरमा आइसकेका छन्। त्यसबेलाको अनुभव र स्मरणहरू उनले परिवारका सदस्यहरूसित साझा गरे जसबाट माहोल भावुक भएको थियो।

त्यसपछि मेयर खुदीराम पल्लीको प्रसिद्ध मिठाई दोकान कोलकाता स्वीट्समा पुगे। यहाँ उनले दोकान मालिकसित बातचित गर्दै व्यवसायको वर्तमान स्थिति बारे जानकारी लिए। साथै दोकानको परम्परा र वर्षौं पुरानो प्रतिष्ठामाथि पनि चर्चा गरे।

अन्तमा मेयर गौतम देवले सम्पूर्ण विधान मार्केट परिसरको दौड़ाह गरेर व्यापारी तथा आम मानिसहरूसित बातचित गरेर केही समय व्यतित गरे। जनसम्पर्क तथा विचार-विमर्शको साथमा उनको दिनभरिको कार्यक्रमको समापन भयो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande